Sunday, January 13, 2008

आए, रक्सी पिए, फर्किए हिरो

भारतका भूतपूर्वमन्त्री तथा हालका विधायक चर्चित फिल्मी कलाकार विनोद खन्ना सुटुक्क नेपाल आई फर्किएका छन्। नेपालका डेढ सयभन्दा बढी व्यापारीहरुलाई अपराधीहरुले धम्क्याइरहेका बेला विनाकुनै चर्चा उनी नेपाल आई नेपालका व्यापारीहरुको समस्याबारे छलफल गरेर फर्केका हुन्। भारतीय अपराधीहरुको सहभागिता र मिलेमतोमा व्यापारीहरुमाथि आक्रमण र अपहरण भएको सन्दर्भमा पूर्वमन्त्री, भाजपा नेता र फिल्मी हिरो खन्नाले यस्ता घटनाबारे दुःख प्रकट गर्न भने भ्याएका थिए। सीमित र छानिएका व्यापारीहरुमात्र उनीसँग रक्सी पिउन सरिक थिए। नेपालको एउटा औद्योगिक घराना चौधरी ग्रुपका तर्फबाट विनोद चौधरीले उनलाई नेपाल निम्त्याएका बुझिएको छ।
समाचारअनुसार, भारत र विश्वका अन्य मुलुकमा समेत नेपाली उत्पादन वाइवाइ चाउचाउको राम्रो व्यापार गर्न सफल व्यापारी चौधरीको अतिथिको रुपमा दुईहप्ताअघि राजधानी आएका हिरो खन्ना चौधरी निवासमै एक रात बिताएका थिए। उनी आएकै दिन विशेषखालको डिनर आयोजना गर्दै ह्विस्की ब्ल्यु लेबल र स्याम्पेन खोलिएको थियो। भारतीय राजनीतिमा सक्रिय भए पनि खन्नाले प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ अधिकारीहरुलाई भेट गरेनन् तर उनीसँगको ह्विस्की पार्टीमा भारतीय दूतावासका जासुस प्रमुखको सहभागिता रहेको बताइएको छ। उनी भोलिपल्टै दिल्ली फर्केका थिए।
यसैबीच, विश्वका ठूला व्यापारीहरु सामेल एक कार्यक्रममा भाग लिन नेपालका तर्फबाट विनोद चौधरी र सुहृद घिमिरे बिहीबार दिल्लीतिर उडेका छन्। धिरुभाइ अम्बानीका जेठा छोरा मुकेश अम्बानीले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निजी निवासमा संसारका धनाढ्यहरुको भेला गराएका हुन्। उनले एउटा व्यापारिक म्यागेजिनको शुभारम्भको बाहनामा संसारका उत्कृष्ट धनाढ्यहरुलाई भेला गराई भारतमा लगानीका लागि सरकारी आग्रहका लागि उपयुक्त बाटो मिलाइदिएका बताइएको छ।

No comments: