Friday, January 11, 2008

संविधानसभाको चुनाव चैत २८ गते

मन्त्रीपरिषदको बैठकले संविधानसभा चुनाव चैत २८ गते बिहिबार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्याललमा पुष २७ गते बसेको मन्त्री परिषदको बैठकले चुनाव मुलुकभरी एकै चरणमा गर्ने निर्णय गरेको गृहमन्त्री कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाले चुनावका लागि सरकारले शान्तिसुरक्षा लगायत सबै बन्दोवस्त मिलाउने र तोकिएको मितिमै चुनाव हुने पनि उल्लेख गरे । मन्त्री परिषदको बैठकले तराईका जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्न चाहने मधेशी मूलका प्रथम श्रेणीका सरकारी कर्मचारीलाई प्राथमिकतासाथ त्यो अवसर दिने पनि सहमति गरेको गृहमन्त्री सिटौलाले जानकारी दिए । साथै मन्त्री परिषदको बैठक बस्नुअघि सिंहदरवार प्रधानमन्त्री कार्यलयमा पुष २६ गते नियुक्त तीन मन्त्री र पाँच राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सपथ खुवाएका थिए ।

No comments: