Saturday, January 5, 2008

माफि माग्दै प्रचण्ड शिक्षण अस्पतालमा


पुष १६ गते काभ्रेको तालढुङामा आफूसम्बद्ध कार्यकर्ताहरुको आक्रमणबाट सख्त घाइते भएको एमालेसम्बद्ध अनेरास्ववियूका केन्द्रीय सदस्य दिपक गौतमलाई भेटन माओवादी अध्यक्ष प्रचण्ड पुष २० गते शिक्षण अस्पताल पुगेका छन् । गौतमलाई वाईसीएल कार्यकर्ताले खुकरी आक्रमण गरेका थिए । घाइते गौतमलाई १० मिनेट भेटेपछि प्रचण्डले उक्त घटना गम्भीर र दुखद भएको बताए । एमालेसँग सहमति बन्दै गरेको बेला भएको घटनाले नराम्रो सन्देश दिएको प्रचण्डको भनाइ थियो । 'यो नकारात्मक घटनाबाट सकारात्मक शिक्षा लिनेछौं' प्रचण्डले भने, 'यस्ता घटना नदोहोर्‍याउन पार्टीका सबै निकायलाई कडा निर्देशन दिइसकेको छु ।'घाइते गौतमलाई प्रचण्डसँगै एमाले स्थायी समिति सदस्य केशव बडालले भेटेका थिए । गौतममाथि आक्रमण भएको घटनाको बिरोधमा आजै एमाले काभ्रेले बनेपामा बिरोधसभा पनि गरिरहेको छ ।
स्रोत: हिमाल खबर

No comments: