Saturday, January 26, 2008

नेपाल असफ़ल राष्ट्रको दिशातर्फ़-१

-नवराज थपलिया
शायद राजा ज्ञानेन्द्रले अहिले यो परिस्थितिको सामना गर्नु पर्ला भन्ने सोचेको भए उनले त्यों आत्मघाती कदम चाल्ने पनि थिएनन होला तर त्यों अब इतिहास बनी सक्यो र समय धेरै अघि बढीसक्यो र उनी आफ्नो त्यो कामको परिणाम अहिले भोग्दै विगतका कामको मुल्याकन गर्दैछन । जव ज्ञानेन्द्र तुलसी गिरि लगायतलाई लिई आफ़्ना चरम सफ़लता सहित देशलाई अगाडी बढाउने दिवास्वप्न देखेका बेला, हाम्रा नेताहरु नेपाली जनताका माझमा विगत आफ़ुहरुबाट गल्ती भएको र अबबाट नहुने भन्ने वाचा गर्दै, जनता समक्ष माफ़ि दोहर्याई रहेका थिए ।
तर हाल देशमा भए गरेका घटनाक्रमहरुलाई हेर्दा, नेताहरु पुरानै पाराले देशलाई असफलताको बाटॊतीर लैजादैछन । संबिधान सभाको निर्वाचन २ पटकसम्म सार्नु र चैत २८ को पनि हुने अत्तोपत्तो नहुनु वा हुन नदिन अनेक बखेडाहरु निकाल्ने प्रयास गर्नु नै यस कुरालाई प्रमाणित गर्दछ । यस किसिमका परिस्थिति निर्माणको उद्देश्य नै प्रधानमन्त्री गिरजा प्रसाद कोइराला जसरी पनि सुजातालाई सत्तोरोहण गराई देशको बागडोर जिम्मा लगाउने अघोर र अन्तिम ईच्छाले काम गरेको छ । माओबादीहरुलाई जसरी हुन्छ चुनाब भाडेर यहि अबस्थामा रहि, सत्ता र चन्दा आंतक कायम राख्ने । साथै परिस्थिति अनुकुल भएको खण्डमा राष्ट्रबादीहरुलाई लिएर भएपनि सत्ता कब्जा गर्ने उद्देश्यमा निहित छन जुन उद्देश्यका लागि उनीहरुले पछिल्लो पटक निरन्जन थापा लगायतका मानिसहरुलाई भेटी आफ़्नो सत्ता कब्जा गर्ने लक्ष्यलाई निरन्तरता प्रदान गरिरहेका संकेत दिएका छन । अर्कोतर्फ़ एमाले परिस्थितिको ठोस मूल्यांकन गर्न नसक्ने, अनि अगाडी जे देख्यो त्यही निर्णय गर्ने । एमालेको यही बिना अडान बिना सोचहरुले अझ आगोमा घ्यु थप्ने काम गरेको छ ।
वर्तमान परिस्थितिमा पार्टीहरुको यही निहित स्वार्थ र देशलाई आफ़्नो पार्टीको पकडबाट बाहिर जान नदिई सत्ता कब्जा गरीरहेने सोचले, देशलाई एक असफल राष्ट्रतिर धकेलिई रहेको छ भन्दा अब अत्युक्ति नहोला । क्रमश :

No comments: