Wednesday, January 2, 2008

तीस जनालाई जिउंदै जलाईयो


केन्या । केन्यामा राष्ट्रपति चुनाव पछि भड्किएको हिंसा मा ३० जना ब्यक्तिलाई एक चर्चमा जिउंदै जलाईएको छ । जसमा ज्यदा बालबालीका रहेका छन । उनीहरु हिंसाबाट बच्नको लागि एक चर्चमा शरण लिन गएका थिए । केन्यामा राष्ट्रपति चुनाव पश्चात १२० जना भन्दा ब्यक्तिको ज्यान गईसकेको छ । जसको कारण हज्जरौं सैनिक र प्रहरीलाई सडकमा तैनाथ गरिएको छ । राष्ट्रपति चुनावमा राष्ट्रपति किबाकी दोस्रोपटक पुन: राष्ट्रपति बने पछि उनका विपक्षी उम्मेदवार रायला ओडिंगाले त्यसको बिरोध गर्दै चुनावमा धांधली भएको बताएका छन । राजधानी नैरोबीमा भएको झडपहरुमा कयौं ब्यक्तिहरुले ज्यान गुमाएपछि मानवाधिकार संस्था एमनेस्टीले त्यसको स्वतन्त्ररुपमा छानबिन हुनुपर्ने माग गरेको छ । ब्रिटेन प्रधानमंत्री गोर्डन ब्राउनले राष्ट्रपति किबाकी र विपक्षी नेता रायला ओंडिंगा संग छुट्टा-छुट्टै टेलीफोन वार्ता गरि दुवैलाई आपसमा वार्ता गर्न आग्रह गरेका छन । उता अमेरिकाले पनि चुनाव प्रति चिन्ता ब्यक्त गरेको छ । अमेरिकाले पहिले किबाकीको चुनावको समर्थन गरेको थियो भने हाल आएर केन्याका लागि अमेरिकी राजदूत माइकल रैनबर्गरले बीबीसीसंग कुरा गर्दै केहि इलाकामा धांधलि भएको बताएका छन ।

No comments: