Saturday, November 3, 2007

एक्काइसौं शताब्दीको नेपाल र आजको आवश्यकता

माधव प्रसाद सेदाई , टोकियो
एक्काइसौं शताब्दीको नेपाल हाल देशको राजनैतिक अबस्था अतिनै तरल अनि संबेदनशिल अवस्थामा रहेको छ । हालको अवस्था भनेको सबै पार्टीहरुले कसैलाई तल पारेर आफु माथि जाने वा केहि पाउनको लागि राजनिति गर्ने होईन कि, सम्पुर्ण पार्टीहरु एक जुट भई हदैसम्मको त्याग गरी देशमा वर्षो देखि रहिआएको सामन्तबाद र शोषणलाई उत्पिडन गरि, देशलाई एऊटा स्थायी प्रजातान्त्रिक बाटोमा अघि लैजाउनुपर्ने टडकारो आवश्यकता रहेको छ । तर हाल देशमा यो कुरामा कुनैपनि राजनैतिक पार्टीहरुले ध्यान पुर्याउन नसकेको अवस्था छ । मेरो गोरुको बार्है टक्का भनेको ज़स्तो सबै पार्टीको आ- आफ्नो अडानले देशको राजनैतिक अवस्थाले निकास पाउन नसकिरहेको अवस्था छ ।
हिजो भएको एऊटा पार्टीगत निर्णयलाई आफ़्नो अनुकुल नपर्दा उल्टाउने माओबादीहरुको एकल, अराजनैतिक निर्णय र ढिपिले गर्दा आज देशमा फेरी पनि सामन्तबादको हावी, देश अनिर्णयको बन्दी हुन पुगेको अवस्था छ । संचार माध्यमहरुद्वारा एक कुरा भनिएको छ निर्णय र काम अर्को भएको छ । संसदमा चुनाव हुने र त्यस सम्बन्धी कार्यतालिका समेत प्रकाशित भएको अवस्थामा प्रचण्ड र प्रधानमन्त्री बिचको १ मिनेटको भेटमा सम्पुर्ण संसदलाई स्थगित गरिएको अवस्था छ । प्रधानमन्त्री लगायत नेका ज़स्तो वरिष्ठ राजनैतिक पार्टीले यस वर्तमान राजनैतिक गतिरोधलाई समाधान गर्ने दिशामा खासै पहल गर्न नसक्नु नेकाको एउटा राजनैतिक कमज़ोरी हो यसले नेकालाई मात्र होईन देशको लोकतान्त्रिक आन्दोलनलाई नै कमजोर पार्न सक्दछ । समाधान गर्ने दिशा तर्फ अगाडि बढ्ने त कता हो कता एक आपसमा बिबादमा अल्झेर देशलाई अन्योलमा राख्ने र जनतालाई भुल्याउने काम मात्र भईरहेको छ । आखिर यस बाट फाईदा कसलाई पुगिरहेको छ ? भन्ने कुरा अहिलेका देशको समुर्ण पार्टीका उच्च नेताहरुले बुझ्नु पर्ने ज़रुरी छ ।
यस अवस्थामा पछिल्लो दिनमा एउटा अत्यन्तै सफल र स्तरीय राजनिति गर्दै आएको एमाले फेरी पनि वामएकताको नारा लिई यता न उताको च्याखे राजनिति गर्न शुरु गरेको छ । एमालेका उच्च नेताहरुले बुझ्नुपर्ने कुरा के छ भने २१ औ शताब्दीमा आएर न त माओबादीको ज़स्तो जनतालाई चर्का र राष्ट्रबादका नारा दिने तर केही पर्दा एउटा राष्ट्रको राजदुतले बोलाउदा मान र मयार्दालाई पनि ख्याल नगरी राजदुताबासमा नै पुगि हाजिर लगाउने जनबाद भनौ या प्रचण्डबाद नेपालमा लागु गर्न सम्भव छ, न त वाम एकताको कुरा अघि ल्याई देशमा एमालेले ल्याउन खोजेको नया ब्यवस्था (शायद एमालेले भन्ने गरेको बहुदलीय जनवाद) नै लागु हुन सम्भव छ । नेताहरुले राम्रो संग बुझ्नु पर्ने अर्को अवस्था के पनि छ भने देशलाई लामो समय सम्म अनिर्णयको अवस्थाबाट बन्दि बनाएर राख्दा राजाबादी या विदेशी चलखेल गर्ने शक्तिलाई मात्र फाईदा हुन्छ भन्ने कुरा ।
हाल फेरीपनि नेपालमा बिभिन्न बहानामा बिदेशी हस्तक्षेप बढ्न थालेको छ जुन कुनैपनि स्वाभिमानी नेपालीको लागि मान्य हुने कुरा अवश्य पनि होइन । जसको उदाहरणको रुपमा केहि समय अगाडि समाचार माध्यममा आए अनुसार यदि नेपालमा बाहिरी हस्तक्षेप हुन लाग्यो भने चीन हेरेर बस्दैन भन्ने कुराबाट पनि देखाउछ । चीनले एउटा असल छिमेकीको हैसियतले आफ़्नो मित्रताको सदासयता देखाएको होला या भारत या अमेरिकाले पनि त्यस्तै सदासयता । तर हाम्रो देश कुनैपनि देशको राजनैतिक स्वार्थ पुर्तिगर्ने क्रिडास्थल भने हुन भएन त्यसको लागि अरु देशलाई दोष दिने र आफ़ु दोषमुक्त हुने भन्दापनि नेपालका नेताहरुले नै वर्तमान राजनैतिक अन्योललाई चिर्न सक्नुपर्दछ । आफ़ुपनि गर्न नसक्ने अनि अरुको मुख पनि ताक्ने, अनि फेरी दोष दिने चलनबाट हामी र हाम्रा नेताहरु पनि मुक्त हुनुपर्दछ ।
त्यसैले आजको नेपालको आवश्यकता भनेको देशको विकास, शान्ति र स्थायी लोकतन्त्र नै हो । भएपनि देशका नेताहरुहरुलाई मात्र अनावश्यक दोष दिनु भनेको बिगतका दिनमा गरेको ज़स्तो काम हो । ज़सको फाईदा प्रतिगामी तत्वलाई मात्र हुने गर्दछ । आखिर देशको लागि केहि गर्ने भनेको प्रजातान्त्रिक राजनैतिक पार्टीका नेताहरु नै हुन, यी जतिसुकै नराम्रा भए पनि यिनिहरुको काम कर्तब्य प्रति हामीले आवाज उठाउन सक्नुपर्यो या यिनिहरुलाई सचेत बनाउन सक्नुपर्यो । साथै कहिले एमाले र कहिले नेकालाई उचालेर या धम्क्याएर आफ़्नो राजनैतिक स्वार्थ पुरा गर्ने माओबादी प्रति पनि एमाले या नेकाको मोहभंग हुनु ज़रुरी छ । होईन बने फेरी पनि नेपालमा सामन्तिबादको प्रतिकको रुपमा कुनै शाह या अति चरमपन्थीको रुपमा प्रचण्ड ज़स्ता नेता आउने छन ज़सले देशमा शान्ति भन्दा पनि निर्दोष जनतालाई मार्ने काम या पत्रकार साह ज़स्तालाई बेपत्ता पार्ने काम भन्दा केहि गर्दैनन । त्यसैले यी दुबै शासनलाई पतन गर्नको लागि हालको आवश्यकता भनेको नेका, एमाले तथा अन्य प्रजातान्त्रिक राजनैतिक शक्तीहरु मिलेर अघि बढनु नै समयसापेक्ष हुनेछ । हो, मुखले मात्र होईन ब्यवहारमा पनि साच्चै नै लोकतन्त्रमा विश्वास र देशमा शान्ति कायम गर्ने प्रण गर्दछन भने माओबादी पनि एउटा प्रजातान्त्रिक शक्ति हो र उसलाई पनि सगै लिएर जानु पर्दछ । नत्रभने सधै धम्क्याएर खाने तर जनतामा जान डराउने । राजनितिमा ठुलो भाग वार्ता र धम्क्याएर लिनु भन्दा पनि जनताको माझ गई जनतालाई रिझाएर चुनाव जिति मात्र ठुलो भाग लिने कोशिश गर्नुपदर्छ होईन भने, प्रचण्डको राष्ट्रपतिको दिवास्वप्न होस या बादलको सैनिक शासनको दिवास्वप्न सबै तासका महल हुन, यी दुबै दिवास्वप्नबाट माओबादीहरुको मोहभंग हुनु ज़रुरी छ । र देशको वर्तमान राजनैतिक गतिरोधको अन्त्यको लागि एमाले, नेका र अन्य प्रजातान्त्रिक पार्टीहरु (लोकतन्त्र र शान्तिमा विश्वास गर्ने माओबादी सहित) अरु १० वर्षको लागि एकज़ुट भई देशको विकासमा लाग्नु नै आजको आवश्यकता र भलाई पनि हो ।

3 comments:

Anonymous said...

माधवजी

फेरी पनि तपाईको सटिक लेखको लागि धन्यबाद । यहाको लेख अति नै समयसापेक्ष छ । आजको आवश्यकता भनेको नै त्यही हो ।

पुण्यप्रसाद दुलाल
फ़ुकुई

Anonymous said...

Dear madhav Jee
Namaskar

Thank you very much for your excellent article. I m also agree with you. Now Every democratic power should be unite and have to work another 20 years to develop Nepal.

Keep it up for good article.

Krishanhari Siwakoti

Anonymous said...

माधव जी

यहाको लेखको लागि धन्यबाद । आजको लागि एमाले नेका तथा प्रजातान्त्रिक शक्तिहरु मिलेर नै नेपालको विकास गर्न पर्ने कुरामा म पुर्ण सहमत छु

बिश्व कंडेल