

संसारको सबैभन्दा अग्लो ठाउको र लामो सुरंग भएको यस रेल यात्रामा संसारको सबैभन्दा अग्लो उचाईमा रहेको तंगुला रेलवे स्टेशन(५०६८ मीटर) पनि पर्दछ । गत सालबाट शुरु भएको यस रेलयात्रामा तीन क्लासको डिब्बाहरुमा वर्गीकरण गरिएको छ । ४ जना सुत्न मिल्ने आरामदायी यात्राको लागि १६५ डलर, ६ जना

४८ घण्टाको यात्राको दोस्रो दिन रेल अत्यन्त उचाईबाट जाने भएकोले रेलको बाहिर ऑक्सीजनको मात्रा
निकै कम हुनेहुदा कुनैपनि स्टेशनमा रेलको ढोका खुल्दैन । तरपनि यस रेलमा अत्याधुनिक रेष्टुरेन्ट ब्यवस्था गरि आवश्यक वस्तुहरु उपलब्ध गराईने गरिएको छ । साथै यात्रीहरुलाई अक्सिजनको कमि नहुनको लागि प्रत्येक डिब्बामा अक्सिजनको पाईप र अक्सिजन नियन्त्रक मेशीन जडान गरीएको छ । यस रेलको विकासले तिब्बतलाई बाकी चीनसग जोडन सफल भएको भएको छ भने यसबाट तिब्बतको ब्यापार मात्रै नभई कला, संस्कृतिको विकास हुन सम्भव भएको छ ।

तिब्बतको यस रेल मार्गलाई नेपालको भु भागसम्म जोडन सकिएको खण्डमा नेपालको विकासले नया आयाम लिन सक्नेछ । (साभार : बीबीसी सेवा)
No comments:
Post a Comment