नवराज थपलिया, हाल टोकीयो
नेपालको मुल राजनैतिकमा लामो समय देखि आफ़ुलाई सफ़ल तुल्याउन सकेको माओबादी हिजोआजका दिनमा आफ्नै कारणले विस्तारै किनारा लाग्न थालेको आभाष मिल्न थालेको छ । त्यसको प्रमुख कारको रुपमा माओबादीहरुले अंगीकार गरेका नितीहरु भएका छ । जब २०६४ सालमा प्राजातन्त्र आयो नया संबिधान बनि संसदीय र स्थानिय निकायको निर्वाचन सम्पन्न भई प्रजातान्त्रीक संस्थाहरु मजबुद हुदै गईरहेको र देशमा उच्च आर्थिक विकास र विकासको बाटो खोजेको वेलामा त्यसको विपरीत नेकपा (माओबादी) ले हतियारको राजनिति शुरु गर्यो । नेपालको ग्रामीण भागमा राज्यबाट भएको असमानता, त्यतिबेलाको शासकहरु र पार्टीहरुको नेतॄत्वको असक्षमताको फाईदा उठाई ,सोझो ग्रामीण जनता र पार्टीका ईमान्दार कार्यकर्ताहरुको निर्मम हत्या नै आफ़्नो जनयुद्दको सहि बाटो र गणतन्त्रको लक्षमा पुग्न सकिने एकमात्र बाटो हो भन्ने मान्यतालाई अंगिकार गरे । फलस्वरुप सैन्यकरणको पुर्ण हावी, आंतक र आंतकबाट नै द्रुत गतिमा पार्टीको विकास गरेको र जुन सोच अझै पनि पार्टी पंक्तिमा हाबी भई नै रहेको देखिन्छ । तत्कालिन नेताहरुको सत्तालिप्सा र पार्टी पार्टी बिचमा एकाअर्कालाई असफल देखाउने होडले माओबादी नसोचेको संगठन विस्तार र जनयुद्द अगाडी बढाउन सफल भए । जसले गर्दा देशमा कसैले नचाहेको गणतन्त्रको पुर्णरुपमा उत्सर्गतर्फ लगे ।
हिजोका दिनमा माओबादीहरु आफ़्नो रणनैतिक कुशलतामा पनि सफल नै देखिन्थे । चाहे दरवारसंग अघोषित एकता कायम गरेर होस या संसदीय ब्यवस्था र संबैधानिक राजतन्त्रका हिमायतिहरुलाई फुटाएर होस, उनीहरु आफ़्नो राजनैतिक उद्देश्यमा सफल देखिन्थे । त्यसै विच दरवारका षडयन्त्र, दरवार हत्याकाण्ड, ज्ञानेन्द्रको उदय ज़स्ता घटनाक्रमबाट माओबादीले ठुलो फाईदा लिदै अगाडी बढे । ज्ञानेन्द्रको २०५९ आश्विन १८, २०६१ माघ १८ गतेको घोषणा र एकतन्त्रीय शासन चलाउने ढिपीले संसदीय राजनैतिक पार्टीहरु र माओबादी विच एकताको बाटो खुल्यो र विभिन्न चरण पार गर्दै ज्ञानेन्द्रको निरकुंश शासन सहित २४० वर्षे सामन्तबादी राजतन्त्रलाई निर्मुल पार्न माओबादीहरु रणनितीक रुपमा पुर्ण सफल भएको मान्न सकिन्छ ।
जब देशमा गणतन्त्रको नारा लाग्न थाल्यो, देश गणतन्त्रको दिशामा अगाडी बढन थाल्यो तब माओबादी आफुले प्रमुख लक्ष्य वनाएर हिडेको र १३ हजार नेपाली जनताले रगत वगाएको गणतन्त्रको मुद्दालाई चटक्कै छोडेर अन्तरिम संविधान मार्फत राजतन्त्र स्वीकार गर्दै संबिधानसभा तर्फ़ लागे । साथै यहापनि जब संसदबाट राजाको अधिकार कटौती गर्यो तब मात्र संसदमा माओबादीको प्रवेश भएको देखिन्छ । यसमा पनि माओबादीहरु संसदबादी पार्टीको रुपमा आफुलाई उभ्याउन असफ़ल भए ।
फेरी संविधान सभाको पहिलो बैठकबाट राजा फाल्न सहमत भई समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई छाडि, माओवादी जेठबाट मंसिरमा चुनाव सार्न पनि सहमत भए । घटनाक्रमसगै परिस्थितिले माओबादीलाई बिकाशतिर होइन बिनाशतिर धकेल्न थाल्यो । त्यसका प्रमुख कारणहरु वाइसिएल को उद्दण्ड गतिबिधि, पार्टीमा सैन्यसोचको हावी, राजनैतिक अडानको अभावका कारणबाट उनीहरु आम जनताबाट टाढिदै गए । सत्तामा गएर पनि उनिहरुले खास प्रभाव देखाउन सकेनन । राज्यले बेपत्ता बनाएको भनिएको आफ़्नो कार्यकर्ताहरुको अवस्था सार्वजनिक गराउन पनि सकेन भने अर्कातर्फ उनिहरु सुबिधा भोगि बन्दै गए । प्रचण्ड कहिले काठमाण्डौका महंगा होटलहरुमा बस्ने अनि अन्य नेताहरुले अबैध रुपमा भित्र्याईएका गाडि चडेर हिड्न थाले र पछिल्लो अबधिमा आएर प्रचण्ड मासिक ४५ हज़ार घरभाडा तिरेर बस्न थाले । नेताहरु दैनिक बिलासितापुर्ण जीवन निर्वाह गर्न सुरु गर्दै थिएभने अर्कोतर्फ़ उनिहरुको जनयुद्दमा मारिने परिवारको स्थिति दयनिय थियो ज़सको बिरोध आम कार्यकर्ता पक्तिबाट हुन शुरु पनि भयो ।
यहि सेरोफेरोमा माओवादीको बालाजु औधोगिक क्षेत्र काठमाण्डौमा विशाल बैठक बस्यो ज़समा संबिधान सभामा जम्माजम्मी १९ सिट जित्ने निष्कर्ष निकाल्यौ । त्यसपछि माओबादी संबिधान सभाको चुनावबाट भाग्ने बाटोको खोजी गर्दै विभिन्न वहाना झिक्न थाले । जतिबेला देशले विनाश होईन विकास र आर्थिक उन्नति खोजेको थियो त्यतिबेला माओबादीहरुले हतियार बोकी गणतन्त्रको मुद्दा लिएर शशस्त्र युद्व शुरु गरे । अनि जतिबेला देश गणतन्त्रमा प्रवेश गर्दै थियो, माओबादी त्यो छोडेर संबिधान सभा तर्फ़ लागे । राजा राख्दै सरकारमा सामेल भएर सत्ता राजनितिमा प्रवेश गरे । जव नेपाली काग्रेसले समेत आफ्नो महासमितिबाट गणतन्त्र पास गरेर संबिधान सभा मार्फत राजा फाल्ने तर्फ़ लाग्दै थियो, ठिक त्यतिबेला माओबादी सरकार छोडी संबिधान सभाको निर्वाचन भाडने योजनामा लाग्दै छ । यहापनि सबैभन्दा बढी गणतन्त्र र राजाबादीहरुको मुद्दा वोकेर शशस्त्र युद्व शुरु गरेका माओबादीहरुले खासै फाईदा लिन सकेनन ।
सम्पुर्ण देश नै गणतन्त्रमय भई संबिधान सभामा गणतन्त्रबादीहरुको विजय सुनिश्चित जस्तो देखिएको बेलामा चुनावलाई भाडेर माओबादीहरुले पुर्णरुपमा राजालाई जीवनदान दिने कार्य गरेका छन जसले माओबादी पार्टीलाई कहिल्यै नमेटिने कंलक लगाएको नै छ । साथै उनीहरुले नेपालमा अझै पनि बन्दुकबाट सत्ता कब्जा गरि अर्को नया क्रुर सैनिक शासन ल्याउन प्रयत्नरत नै देखिन्छन । यसले गर्दा पनि माओबादीहरु जनताबाट टाढीएका त छन नै हालको माओबादी नेताहरुमा पार्टीलाई "सेफ ल्याण्डीग" गर्न सक्ने क्षमता नरहेको र उनीहरु असफ़ल सिद्द भएको पुष्टी पनि भएको छ ।
अझै पनि समय गैसकेको छैन, प्रचण्डले पार्टीमा भएको सैन्य हावीलाई कमज़ोर पार्नै पर्दछ, संबिधान सभाबाट देशलाई निकास दिनको लागि माओबादी पार्टीले एउटा ज़िम्मेवार पार्टीको भुमिका खेल्नै पर्दछ । होईन भने प्रचण्ड पार्टी र देश दुबै ध्वस्त पारेको आरोपबाट मुक्त पनि हुन सक्नेछैनन र पार्टी "सेफ ल्याण्डीग" भएको मान्न पनि सकिने छैन ।
No comments:
Post a Comment