Friday, October 19, 2007

बेनज़ीर भुट्टोको जुलुसमाथि आत्मघाती हमला

(Photo: BBC.Com)
झण्डै आठ बर्षको स्वनिर्वासन पछि पाकिस्तान फिर्ता भएकी पूर्व प्रधानमंत्री बेनज़ीर भुट्टोको स्वदेशफिर्ता ज़ुलुसमाथि भएको आत्मघाती हमलाको अन्तरराष्ट्रीय स्तर पर कडा आलोचना भएको छ । बिहिबाव राती यो जुलुसमाथि भएको हमलामा मर्नेको सख्या १३० भन्दा बढी भएको छ भने बेनज़ीर भुट्टो बच्न सफल भएकी छिन ।
यस हमलाबारे टिप्पणी गर्दै व्हाइट हाउसले भनेको छ यो हमलाले पाकिस्तानको लोकतंत्रको गतिलाई रोक्न सकिने छैन । साथै अन्य देशहरुबाट पनि यस हमलाको घोर भत्सर्ना गरिएको छ ।
पाकिस्तान फिर्ता भई कराची विमानस्थलमा ओर्लदा बेनजीर भुट्टो भावविह्वल भएकी थिईन भने उनलाई लाखौं समर्थकले स्वागत गरेका थिए । पाकिस्तानमा हुने भनिएको आगामी निर्वाचनमा भुट्टोको पाकिस्तान पीपल्स पार्टीले नेतृत्व गर्ने आशा गरिएको छ।
पाकिस्तानको शक्तिशाली राजनीतिक परिवारको सदस्य तथा उनको बुबा जुल्फीकार अली भुट्टो सन् १९७० दशकमा पाकिस्तानका प्रधानमन्त्री थिए । उनलाई तत्कालिन सैनिक विद्रोहद्वारा सत्ताच्युत गरि मृत्युदण्ड दिइएको थियो भने उनका अन्य दाईहरुको पनि रहस्यमय परिस्थितिमा मृत्यू भएको थियो ।

No comments: