Tuesday, October 9, 2007

संबिधान सभाको निर्वाचन सार्ने कुरा राजनैतिक पार्टीहरुको जनताप्रतिको गैर ज़िम्मेवारपुर्ण कार्य-PDNFJ

PDNFJ द्वारा हिजो एक वक्तब्य जारी गर्दै नेपाली जनताको ऎतिहासिक जनआन्दोलन २०६२/६३ को प्रमुख माग संबिधान सभाको निर्वाचन र राजतन्त्रको अन्त्य गरी लोकतान्त्रीक गणतन्त्रको स्थापना रहेको थियो । जसका लागि दर्जनौ वीर सपुतहरुले आफ्नोप्राणको आहुति गरे, हजारौ जना अगंभगं भए लाखौ जनताहरु सडकमा ओर्लिए र जुन दवावले निरकुंश राजतन्त्रले जनताको अगाडी घुडा टेक्न बाध्य भयो । तत्कालिन सात दल र माओबादीले शान्तिपूर्ण जनआन्दोलनको भावनालाई आत्मसात गर्दै छिटै संबिधान सभाको निर्वाचन गरी जनतालाई अधिकार सम्पन्न गराउने प्रतिबद्दता गर्दै, ब्रिहत शान्ति सम्झौता, अन्तरीम संबिधान, अन्तरीम संसद यी सबै कुराहरु राम्रो ढंगबाट भैरहेका थिए, जसलाई नेपाली जनताले अनुमोदन गरेका पनि थिए । त्यसैकारणले गर्दा जेष्ठ महिनाको संबिधान सभाको चुनावलाई सार्न निर्णय गर्दै, मंसीर ६ गते सम्पन्न गर्ने सात दलको निर्णयलाई पनि जनताले अनुमोदन गरेकै थिए ।
चुनावको सम्पुर्ण तयारी भएको, राष्ट्रीय तथा अन्तरराष्ट्रीय समुदायहरुको पनि समर्थन रहेको र समग्रमा मुलुक संबिधानसभाको निर्बाचनमा प्रवेश गर्न लागेकै बखत अचानक राजनैतिक पार्टीबाट अनावश्यक शर्तहरु राखि संबिधान सभाको निर्वाचन हुन नदिने कार्य हुनु, ७ राजनैतिक दलका विचमा विवाद देखिनु र अन्त्यमा वहुप्रतिक्षित संबिधान सभाको निर्वाचन स्थगित गर्ने जुन निर्णय भयो । यसले नेपाली जनतालाई मताधिकार बाट बन्चित गरी निरिह तुल्याउने षडयन्त्रको रुपमा बुझेका छौ । साथै नेपाली जनताको आकांक्षालाई कुठाराघात गर्ने काम भएको र नया नेपालको निर्माणको खुडकिलोको रुपमा रहेको संबिधान सभाको निर्वाचन सारी, अनिश्चित गराउने काम भएको छ । उक्त कदमलाई शान्ति तथालोकतान्त्रीक नेपाली मन्च जापान (PDNFJ) निन्दा गर्न चाहन्छ र उक्त निर्वाचन स्थगन गर्ने ७ दलको निर्णयलाई भत्सर्ना गर्न चाहन्छ ।
अन्तमा यसै वक्तब्य मार्फत हामी नेपाली जनता, नागरिक समाज र समाजका सबै पक्षहरुलाई संबिधान सभाको निर्वाचन तुरुन्तगराउन दवाव दिनका लागि हार्दीक आव्हान गर्दछौ । साथै प्रवासमा रहेर पनि नेपाली जनताको आन्दोलनलाई साथ दिदै जाने प्रतिबद्दता पनि ब्यक्त गर्ने भनेको छ ।
तारानाथ निरौला
अध्यक्ष
बिश्वराज कंडेल
महासचिव

No comments: