Tuesday, October 2, 2007

दरवारलाई प्रधानमन्त्रीको कडा निर्देशन

शान्ति तथा पुननिमार्णणमन्त्री रामचन्द्र पौडेलले १४ असोजमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै राजाले कुमारीबाट टीका ग्रहण गर्न वसन्तपुर गएको प्रसंग उल्लेख गर्दै, प्रधानमन्त्रीले दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनलाई टेकिफोन गरी स्पष्टिकरण माग्नुभएको छ ।
प्रधानमन्त्रीले निकै रिसाउदै "राजालाई इन्द्रजात्रामा पठाएर द्वन्द्व चाहेको हो ?" भनी महर्जनलाई हप्काउनु भएको कुरा मन्त्री पौडेलले व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्रीले रुक्माङ्गत कटवाललाई नारायणहिटी दरबारको सुरक्षाका लागि खटाइएका मध्ये आधा सेनालाई तुरन्त घटाउन पनि निर्देशन दिनुभएको खुलासा गर्नुभएको छ । राजा वसन्तपुरमा कुमारीको टिका ग्रहण गर्न गएको विषयलाई सबै पार्टीले विरोध गर्दै आएका छन ।

No comments: