Thursday, October 18, 2007

एन आर एनको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले नया घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं, असोज ३०
गैर–आवासीय नेपाली संघ एनआरएनको राजधानीमा जारी तेस्रो अन्तराष्ट्रिय सम्मेलनले नेपालमा दिगो शान्ति र लगानीका लागि उपयुक्त वातावरण बनाउन सार्वजनिक आव्हान गर्दै १५ बुँदे घोषणा जारी गरेर सकिएको छ । सम्मेलनले उपेन्द्र महतोलाई निर्विरोध अध्यक्षतामा चयन गर्दै ५२ सदस्यीय गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद गठन गरेको छ । त्यसमा उपाध्यक्ष देवमान हिराचन रामप्रताप थापा, महासचिव भिम उदास, सचिव सागर नेपाल र कोषाध्यक्षमा प्रीतम श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो भने क्षेत्रीय संयोजक र सहसंयोजकहरुमा ओसेनिया क्षेत्रका लागि इन्द्र वन संयोजक, दीपक कुमार खड्का सहसंयोजक, एसिया प्यासिफिकका लागि गणेशकुमार इजम संयोजक, रुद्रप्रसाद शर्मा सहसंयोजक, मध्यपूर्वका लागि चन्द्रप्रसाद सापकोटा संयोजक, चोलाप्रसाद पाठक सहसंयोजक, यूरोपका लागि चिरञ्जीवी ढकाल संयोजक, जानकी गुरुङ सहसंयोजक र अमेरिकाका लागि नरेश कोइराला संयोजक र राजेन्द्र श्रेष्ठ सहसंयोजक रहनु भएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुमा क्रमशः चन्द्र योञ्जन अस्ट्रेलिया, सुरेन्द्र महतो बेलारुस, रविन्द्रमान श्रेष्ठ बेल्जियम, पेम्बा लामा क्यानाडा, बुद्धिबहादुर थापा, चीन, हरिहर अर्याल फ्रान्स, निलेन्द्र श्रेष्ठ जर्मनी, कृष्ण प्रसाद पाण्डे हङकङ, सुवास अधिकारी आयरल्याण्ड, जनक बस्नेत इस्ले अफ म्यान, लिला भण्डारी इजरायल, किरण विक्रम थापा जापान, दिपेन्द्र उप्रेती लेवनान, श्रीमति रञ्जना उदास लेसोथो, उदय वाग्ले मकाउ, रामबाबु नेपाल नेदरल्याण्ड, चक्र थापा न्यूजिल्याण्ड, डा. गौरी अधिकारी अमेरिका, डा. सुरज थापा नर्वे, पूर्ण हमाल पोर्चुगल रहनु भएको छ।

साथै अन्य आइसीसी सदस्यहरुमा टेकबहादुर कार्की कतार, जीवा लामिछाने रसिया, उषा भट्ट सिंगापुर, रामबहादुर बेलबासे साउदी अरेविया, गणेशमान ताल्चभदेल स्पेन, तेन्जी शेर्पा दक्षिण कोरिया, रामेश श्रेष्ठ थाइल्याण्ड, हितमान गुरुङ बेलायत, जीवनप्रकाश निरौला यूएई, कृष्ण कायस्थ युक्रेन, अवतार गुरुङ दक्षिण अफ्रीका, रमेश तोयान लक्जम्बर्ग, सागर वन्त युवा प्रतिनिधि, उषा शर्मा महिला प्रतिनिधि रञ्जु थापा सह महिला प्रतिनिधि रहनु भएको छ।त्यसैगरी यसअघि प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहनु भएका डा. जुगल भुर्तेललाई यस पटक पनि प्रवक्ताकै जिम्मेवारी दिइएको छ।

बुधबारको निर्वाचन कार्यक्रममा अध्यक्ष महासचिव र केही क्षेत्रीय संयोजकमा निर्विरोध भए पनि उपाध्यक्षका लागि तीन वटा उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिने समयमा डा. श्याम कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएपछि हिराचन र थापा निर्विरोध हुनु भएको हो । सचिव र कोषाध्यक्षका साथै अन्य केही पदमा पनि उम्मेदवारी परे पनि फिर्ता भएकाले निर्वाचन भएन । तर ६० मत रहेको एसिया प्यासिफिक क्षेत्रका सहसंयोजकका लागि भने दक्षिण कोरियाकै केपी सिटौला र रुद्र शर्माबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा सिटौलाले १६ मत प्राप्त गर्नुभएको थियो ।

राजधानीको सोल्टी होटलमा सञ्चालन भएको सम्मेलनले नेपालको विकासमा एनआरएनले खेल्न सक्ने भुमिका र यसका क्षेत्रहरुका बारेमा छलफल पनि गरिएको थियो ।

सम्मेलनमा बिश्वभरका ४० राष्ट्रमा रहेका गैर आवसीय नेपाली र पर्यबेक्षक गरि करिब ६ सय ५० जनाको सहभागिता रहेको थियो । अधिकांश सहभागीहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि माओवादी नेताहरुसम्मले आफुहरुसंग भेटेर अन्तर्क्रिया गर्नुले एनआरएनहरुको मनोबल र आत्मविश्वाश बढाएको बताए।

No comments: