Sunday, October 7, 2007

बहुप्रतिक्षित संबिधान सभाको निर्वाचन स्थगन ऎतिहासिक भुल एमाले जापान प्रवासको ठहर

नेपाली जनताको भाग्यको फैसला गर्ने, नया नेपालको निर्माण गर्ने , राजतन्त्रको समुलत अन्त्य गरी लोकतान्त्रीक गणतन्त्रको स्थापना गर्ने महान उद्देश्यका साथ मंसीर ६ गते हुन गैरहेको संबिधान सभाको निर्वाचन समयमा नगरिनु राजनैतिक दलहरुको ऎतिहासीक भुल भएको कुरा नेकपा एमाले जापान प्रवास कमिटी ठहर गर्दछ । ऎतिहासिक जन आन्दोलन २०६२ र ६३ को भावना र संबिधान सभाको निर्वाचन छिटो गरी स्थायी शान्ति र लोकतान्त्रीक गणतन्त्र नेपालको निर्माण गर्ने नेपाली जनताको चाहना माथि खेलवाड गर्ने काम भएको छ ।
कमिटिका कार्यवाहक सचिब सुर्यप्रसाद पाठकद्वारा जारी वक्तब्यमा विशेष गरी नेपाली काग्रेसको यथास्थितिबादी चिन्तन र माओबादीको क्रान्तिको नाममा प्रतिक्रान्तिको सेवा गर्ने प्रव्रत्ति नै संबिधान सभाको निर्वाचन हुन नदिनेमा ज़िम्मेवार हुन । मृत्यु शैयामा छटपटयाईरहेको राजतन्त्रलाई नेपाली काग्रेस र माओबादीले संज़िवनी बुटी हाली वचाउने काम गरेर नेपाली जनताको चाहनामाथि गम्भ्रीर कुठाराघात यी दुई पार्टीले गरेको ठहर नेकपा एमाले जापान प्रवास कमिटी गर्दछ । संविधान सभाको विरोधीहरुलाई पहिचान गरी तिनका विरुद्द वैचारीक सघर्ष गर्दै त्यस्ता शक्तिहरुलाई परास्त गरी नया नेपालको निर्माणमा को लागी यथाशिघ्र संबिधान सभाको निर्वाचन गराउका लागी दवाब दिन आवश्यक पर्यो भने अर्को एतिहासीक शान्तिपुर्ण जनाअन्दोलन गरी राजतन्त्रका सम्पुर्ण पक्षधरहरु र बाहिरबहिर राजतन्त्रको बिरोध गर्ने भित्र भित्र, राजतन्त्र लाई संज़िवनी बुटी हाली वचाउने उग्रवामपन्थी सोचको भण्डाफोर गर्न पनि हामी सम्पुर्ण नेपाली जनताहरू, नागरिक समाज, पत्रकार, मजुदुर सबै समुदायमा हार्दिक आव्हान गरेको छ ।

No comments: