सागर श्रेष्ठ, साउदी अरेविया
अक्टोबर २६, साउदी अरेवियाको राजधानी स्थित नेपाली दुताबासको प्राङ्गाणमा दशैंको अन्तीम दिन कोजाग्रत पुर्णिमाको दिन कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबासको निमन्त्रणामा दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । साउदी अरेवियामा कुनै पनि चाड पर्व खुलाम खुल्ला रुपमा मनाउन मनाही छ । बषैं पछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले हर्सोउलासमय वातावरणमा विभिन्न कार्यक्रमहरु गरी दशैं मनाई रहेको अबस्थामा साउदी अरेवियामा दुताबासको प्राङ्गाणमा दशैं मनाउन पाउनु गौरबको कुरा हो ।
बेलुकी ९:
३० बजे बाट सञ्चालन भएको कार्यक्रममा कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी तथा दुताबास परिवारको निमन्त्रणामा साउदी अरेवियामा स्थापित गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्य परिषद साउदी अरेविया बोर्डका सदस्यहरु लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्विजीबी, पत्रकार, समाजसेबी तथा र्सबसाधारणहरुको उलेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कन्सुलर तथा का. ब. राजदुत प्रकाश कुमार सुबेदी ज्यूले दुताबास तथा ब्यक्तिगत रुपमा सम्पुर्ण उपस्थित नेपालीहरु, स्वदेश तथा विदेशमा अबस्थित नेपालीहरुलाई शुभ-कामना दिदै नेपाली परिकारको रात्रिभोजको लागि आग्रह गर्नु भएको थियो ।

No comments:
Post a Comment