Friday, December 14, 2007

ब्रिटेन प्रधानमन्त्री द्वारा पूंजीगत फैसलाको स्वागत

ब्रिटेनको चर्चित टाइम्स पत्रीकालाई अन्तरवार्ता दिदैं ब्रिटेन प्रधानमन्त्री गोर्डन ब्राउनले अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंक द्वारा अमेरिकाको नाजुक बित्तिय बजारलाई मद्दत गर्न गरेको प्रयासको स्वागत गरेका छन । यस्ता सहयोग को लागि अरु ध्यान दिनुपर्ने बताउंदै प्रधानमन्त्री ब्राउनले प्रशन्नता ब्यक्त गर्नुभयो । केहि समय अगाडि मात्र अमेरिकी फेडरल रिजर्व तथा अन्य केन्द्रीय बैंकले खस्कंदो आर्थिक अवस्थालाई माथि उठाउन बिश्व बजारबाट ११० अरब डलर उपलब्ध गराऊने घोषणा गरेको थियो । यो घोषणालाई अभुतपूर्व मानिएको छ । अमेरिकी फेडरल रिजर्वले युरोपीयन केन्द्रीय बैंक अथवा क्यानडा वा स्विजरल्याण्ड को केन्द्रीय बैंकसंग मिली पुंजीगत ऋण उपलब्ध गराउने छ । अमेरिकी अर्थ बजारमा परेको आर्थिक समस्याको अंदाज यसबाट पनि लगाउन सकिन्छ कि केहि समय अगाडिमात्र कर्जा लगानि क्षेत्रमा सक्रिय एक ठुलो अमेरिकी बैंक मार्गन स्टेन्लीले आफ्नो कमाई २.५ अरब डलर ले घट्ने सम्भावना रहेको बताएको छ । समाचार स्रोतका अनुसार खस्कंदो बित्तीय बजारलाई माथि उठाउन गरिएको यो पहिलो यस्तो कदम हो जुन धनको उपलब्धतामा भारी कमी आएबाट ऊठाईएको छ । यस भन्दा पहिले अमेरीकाको केन्द्रीय बैंक फेडरल रिजर्वले ब्याज दरमा कटौती गर्ने फैसला गरेको थियो । हाल अमेरिकी बित्तिय बजार मा देखिएको बहुचर्चित आर्थिक समस्या (सव-प्राइम लोनको समस्या) ले बिश्व आर्थिक बजारमा धेरैनै चर्चा पाईरहेको छ । खासगरि अमेरिकीहरुले घर बनाउन लिएको ऋण , जुन उनीहरु तीर्न नसक्ने अवस्थामा पुगेपछि अहिले अमेरिकी आर्थिक बजारमा यसको नराम्रो प्रभाव त परेको छ नै, यसको अलावा सम्पुर्ण बिश्व बजारमानै यसको असर परेको छ ।

No comments: