Friday, December 28, 2007

तनावको बीच भुट्टोको दाह-संस्कारको तयारी


बिहीवार सांझ रावलपिंडी मा एक चुनावी सभालाई संबोधन गरे लगत्तै एक बंदूकधारीले बेनजीर भुट्टो माथि पहिले गोली प्रहार गरी पुन: आत्मघाती बिस्फोट गराई भुट्टोको हत्या गरेको छ । अझसम्म यो प्रश्ट हुन सकेको छैन कि उनको हत्या गोली बाट भएको हो या बम बिस्फोटनबाट । यस हमलामा अन्य बिस भन्दा बढी ब्यक्तिको पनि ज्यान गएको छ । राष्ट्रपति परवेज मुशर्रफले तीन दिन सम्म राष्ट्रीय शोकको घोषणा गरेका छन । राष्ट्रीय शोकको कारण शिक्षण संस्था लगायत अन्य व्यावसायिक प्रतिष्ठानहरु पनि बंद रहेका छ्न भने सडकमा सार्वजनिक वहानहरु पनि चलिरहेका छैनन । पाकिस्तानको गृह मंत्रालयका प्रवक्ता जावेद इकबाल चीमाले हत्याको जांचबुझ सम्बन्धमा दुईवटा समिति गठन गरेको बताएका छन । बेनजिरको हत्या पछि पाकिस्तानमा कयौं हिंसात्मक घटनाहरु भएका छन । जसमा १० ब्यक्तिको ज्यान गईसकेको छ । सिंध प्रांतमा सबैभन्दा तनाव रहेको बताईएको छ । हत्याकाण्डको बिरोधमा पाकिस्तान पीपुल्स पार्टी, पाकिस्तान मुस्लिम लीग (नवाज) र जमाते इस्लामीले शुक्रवार आम हडतालको आह्वान गरेका छन । बेनजीरको पार्थिव शरीरलाई लरकाना लगिएको छ जहां उनको अन्तिम दाह-संस्कार गरिने छ । लरकानामा रहेका बीबीसी संवाददाता निसार खोखर का अनुसार पूर्व प्रधानमंत्रीको पार्थिव शरीरलाई सी-वन-३० विमानद्वारा त्यहां लगिएको थियो । जसमा उनको पति आसिफ अली जरदारी तथा पार्टीका अन्य नेताहरु पनि साथै रहेका थिए । बेनजीरको शवलाई उनका पिता जुल्फिकार अली भुट्टोको दाहसंस्कार गरिएको स्थानमानै गरिने छ । गृह मंत्रालयका प्रवक्ता इकबाल चीमाका अनुसार हत्याको सम्बन्धमा चाँज बुझ गर्न गठित समितिले आफ्नो काम शुरु गरिसकेको छ । उनले हत्यास्थलमा कुनै सबुत-प्रमाण नभेटिएको बताऊंदै यस नृशंस हत्याको पछाडि चरमपंथिहरुको हात हुन सक्ने बताएका छन जसले पाकिस्तानको कबायली तथा अन्य ठाऊंमा आत्मघाती विस्फोट गराएका थिए । एकजना अमेरिकन जनरलले भने अमेरिकन समाचार संस्था (एमएसएनबीसी)लाई यसमा अलकायदाको हात हुन सक्ने बताएका छन । चिमाका अनुसार सभामा उनको सुरछाको राम्रो प्रबन्ध मिलाईएको तर सभा बिसर्जन पश्चात जब भुट्टो आफ्नो कारको ढोका खोलि समर्थकलाई अभिवादन गर्न लागिन तब उनी हमलाको शिकार बन्न पुगिन । उनका अनुसार बेनजीर भुट्टोको गाडी बुलेट प्रुफ थियो र उनको म्रित्यु गोली बाट नभई आत्मघाती हमलाको छर्राबाट भएको थियो । पाकिस्तानका राष्ट्रपति परवेज मुशर्रफले बेनजीर भुट्टोको हत्याको निंदा गर्दै जनतालाई शान्त रहन अपील गर्दै 'आतंकवादी' को मनसायलाई कदापी पुरा हुन नदिने बताएका छन । राष्ट्रपति मुशर्रफले भुट्टोको परिवार प्रति संवेदना व्यक्त गर्दै तीन दिनका लागि राष्ट्रीय शोकको घोषणा गरेका छन । हालसम्म कसैले पनि भुट्टोको हत्याको जिम्मेवारी लिएको छैन । भुट्टोको हत्या प्रती कडा निंदा भईरहेको छ । अमेरीकाका राष्ट्रपति जर्ज बुशले यसलाई कायरतापुर्ण आक्रमणको संगा दिएका छन भने भारतले त्यो एउटा घृणित कार्य भएको भन्दै स्तब्धता व्यक्त गरेको छ। ब्रिटेनले उक्त हत्यालाई पागलपन भन्दै पाकिस्तानमा संयम र एकताका लागि आह्वान गरेको छ। पाकिस्तानका पूर्व प्रधानमंत्री नवाज शरीफले पनि बेनजीर भुट्टोको हत्याको आलोचना गर्दै उनको पार्टी आठ जनवरीमा हुन लागिरहेको चुनावको बहिष्कार गर्ने बताएका छन । पाकिस्तान पीपुल्स पार्टी का नेता बेनजीर भुट्टो दूई पटक देशको प्रधानमंत्री भईसकेकि थिईन भने आगामी जनवरीमा हुनलागिरहेको चुनावलाई ध्यानमा रख्दै उनी चुनावी सभा मा भाग लिईरहेकी थिईन । पाकिस्तान फर्किएपछि यो उनीमाथि भएको दोस्रो आत्मघाती हमला थियो ।

No comments: