Saturday, December 22, 2007

इराकमा चलिरहेको संघर्ष एक दीवा सपना

अमेरिकी सेनाका एक पूर्व जनरल ले इराकमा चलिरहेको अमेरिकी रणनितीको भर्त्सना गर्दै भनेका छन कि यो एउटा दिवा सपना हो जसको कुनै अन्त देखिन्न । सेवानिवृत लेफ़्टिनेंट जनरल रिकॉर्डो सांचेजले अमेरिकी राजनेताहरुलाई असक्षम र भ्रष्टको संज्ञा दिंदै यदि यस्ता ब्यक्तिहरु सेनामा भएको भए कोर्ट मार्शलले कार्वाही गर्नेथियो भनेका छन । जनरल सांचेजले अगाडि भनेका छन कि वर्तमान रणनीतिले अमेरीकाले इराकमा आफ्नो हारलाई केहि थोरै मात्र टाढा लिएर जान सक्छ ।उनले वाशिंगटनको नजदीक आरलिंटनमा पत्रकारहरुको सम्मेलनमा यी कुरा बताएका हुन ।
जनरल सांचेज ले किन गलत रणनीति भयो भन्ने कुरालाई औंल्याऊंदै सद्दाम हुसेन को पतन पश्चात गलत राजनैतिक फैसलाले गर्दा चरमपंथी हरुको लागि बाटो खुलेको र इराकी सेनाको बिघटन तथा त्यसपछि तत्कालै गरिएको सरकार गठनमा पिछडिएका र जनजाती नेताहरु संगको सम्बन्धलाई बलियो नबनाईएको र यसमा अमेरिका पुरै दोषि रहेको बताउनुभयो । व्हाइट हाउसले इराकमा राजनैतिक स्थिरता कायम गर्न र जातीय हिंसा रोक्नको लागि तीन हजार अतिरिक्त सेनालाई इराक पठाएको छ । यसलाई जनरल सांचेज ले अघिल्लो सालमा भएको गल्ति सच्याउनको लागि उठाएको कदम को संज्ञा दिनुभएको छ । त्यहि सम्मेलनमा व्हाइट हाउसले भने इराकमा बर्तमान अमेरिकी सैन्य कमाण्डर जनरल डेविड पेट्रियस र अमेरिकी राजदुत रायन क्रोकर को रिपोर्टलाई आधार मान्दै स्थिति धेरैनै जटिल रहेको र त्यसमा अतिनै सुस्त रुपमा सुधार भईरहेको बताएको छ । व्हाइट हाउसका प्रबक्ता ट्रे बानले आफुहरुले देशको निम्ति जनरल सांचेजले गरेको सेवाको कदर गर्ने बताऊंदै जनरल डेविड पेट्रियस तथा राजदुत रायन क्रोकरको उक्त रिपोर्टलाई आधार मानेर धेरै काम बाकिं रहेको तर इराकको अवस्थामा सुधार भईरहेको भन्ने कुराको उल्लेख गरेका छन । सानचेज २००३ को मध्य बाट एक बर्ष इराकमा संयुक्त सैन्य बलको कमाण्डर भई काम गरेका थिए । बगदाद को अबु गरीब कारागारका बंदिहरुलाई लिएर भएको विवाद पश्चात उनले सेवानिवृत्ती लिएका थिए ।

No comments: