Tuesday, December 4, 2007

मुलुक गणतन्त्रमा गईसकेको छ - नेताहरु

एमालेका महासचिव माधब कुमार नेपालले गोरु ब्याउनु र माओबादी पार्टी संविधान सभा निर्वाचनमा भाग लिन्छु भन्ने तर्क एक भएको जानकारी दिनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले माओबादीले संविधान सभा निर्वाचनको नाममा विभिन्न बाधा उत्पन्न गरिरहेको बताउदै माओबादीले निर्वाचनमा हारीएलाकी भनेर यसो गरिरहेको बताउनु भयो ।
प्रजातन्त्रवादी पार्टीको रुपमा स्थापित पार्टीले प्रजातन्त्रको मुल्य र मान्यताहरु ब्यबहारमा उर्तान सक्नु पर्नेमा जोड दिदै महासचिव नेपालले हत्या हिंसा चारी डकैती छोडी जनआन्दोलनको मुल मर्ममा सबै पार्टीलाई आउन आग्रह गर्नुभयो ।
नेपाली काग्रेस र माओवादी पार्टीले आ आफ्नो हट छाडी संविधान सभा निर्वाचनको मिती तोक्न आग्रह गर्नुभयो । माओवादी पार्टी प्रति लक्षित गर्दै उहाँले जनतामाझ जान डराउने पार्टीले संविधान सभा निर्वाचन विथोलिरहेको बताउनु भयो । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य सि.पी गजुरेलले संविधान सभा निर्वाचनको मिती निर्धारण नर्गनुमा नेपाली काग्रेस प्रमुख वाधक रहेको बताउनुभयो ।
नेपाली काग्रेस अझैपनि राजाको पक्षमा रहेको वताउदै नेता गजुरेलले यथास्थितिवादी चिन्तनले काग्रेस पुर्णरुपमा जकडीएको कारण राजालाई उसले हटाउन सकेको छैन भन्नुभयो । आज सम्पुर्ण जनताको माग गणतन्त्र र पुर्णरुपमा समानुपातिक निर्वाचन प्रणाली भएकाले माओवादीले यी मुद्दा अधिसारेको उहाँले बताउनुभयो ।
उहाँले अहिले मूलुक पुर्णरुपमा विदेशी हस्तक्षेपमा चलेको आरोप लगाउदै गणतन्त्र कहाँ र कसरी ल्याउने भन्ने अधिकार नेपाली जनताको हातमा छ कुनै विदेशी शक्तिले भनेर हुदैन भन्नुभयो ।
देशको राजनिती अहिले Climax मा पुगिसकेको बताउँदै नेता गजुरेलले सात पार्टीको एकता टुटनु नहुनेमा जोड दिनुभयो ।
नेतृत्व परिवर्तन बारेमा पत्रकारको प्रश्नमा उहाँले जनआन्दोलनको लक्ष्य अनुरुप सरकार चलाउने भए ठिकै छ नत्र सोच्न बाध्य हुनेछै भन्नुभयो । नेपाली काग्रेसका केन्दि्य सदस्य होमनाथ दाहालले सबै जनता राजतन्त्रको अन्त्य र गणतन्त्रको पक्षमा रहेको भन्दै काग्रेस पनि महासमितीको बैठकबाट गणतन्त्रमा गईसकेको बताउनुभयो । नेपाली काग्रेस गणतन्त्रको पक्षमा गईसकेको छ यस लाई कसरी लागू गर्नेमात्र बाकी रहेको उहाँले बताउनुभयो ।

No comments: