Friday, December 14, 2007

दलहरु बिच अझै सहमति हुन बाकी

दलहरु बिच अझै सहमति हुन बाकी धेरै बिषयमा सहमति सात दलको बैठक हुनु अघि नै भएपनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठन सम्बन्धी भने सहमति हुन बाँकि छ । तरपनि निकै जटिल र अन्योलमा रहेको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास अब बल्ल सहमति नजिक पुगेको र मस्यौदासमेत तयार हुन गैररहेको कुरा जिम्मेवार दलका नेताहरूले बताएका छन् । दोस्रो पटकको संविधानसभा निर्वाचन पनि हुन नसको र चार मधेसी सांसदको राजीनामापछि दलहरू निकै गम्भीर भएका छन ।
संविधानसभाको पहिलो बैठकले अनुमोदन र कार्यन्वयन गर्ने गरी संघीय गणतन्त्र संसदले घोषणा गर्ने तथा त्यसलाई संविधानमा उल्लेख गर्ने सहमति दलहरुबीच भइसकको छ ।
संसद्बाट गणतन्त्रको घोषणा गरी संविधानसभाको पहिलो बैठकपछि लागू गर्ने, निर्वाचनप्रणालीमा ६० प्रतिशत समानुपातिक र ४० प्रतिशत प्रत्यक्ष, सरकारको पुनर्गठन, आगामी सरकार पूर्णतः संयुक्त सरकारको मान्यतामा चलाउने एवम् संविधानसभाको निर्वाचन २०६४ सालभित्रै गर्ने गरी सहमतिको नजिक पुगेको तर माओवादीले सेनाको समायोजन भएमा उल्लिखित ती विषयलाई स्वीकार गर्ने धारणा राखेको बताइएको छ। अन्तरिम संविधानमा समानुपातिक र प्रत्यक्षको अनुपात बराबर हुने ब्यवस्था छ ।
बिहानदेखि दलहरुबीच भएको छलफलमा धेरै बिषयमा सहमति बने पनि चुनाव प्रणालीको अनुपात र सरकार पुनर्गठनको मुद्धामा सहमति बनिनसकेको एमाले स्थायी समिति सदस्य झलनाथ खनालले बताए । तर, आजै सहमति बन्ने उनले बिश्वास ब्यक्त गरे । छलफलले सहमतिको मस्यौदा पनि तयार गरेको छ। सो मस्यौदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि दिइसकिएको छ।
माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल’, कृष्णबहादुर महरा, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, अमृत बोहरा, झलनाथ खनाल, भरतमोहन अधिकारी, नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, चक्र बास्तोला, विमलेन्द्र निधि, जनमोर्चाका प्रकाश, अमिक शेरचन र लीलामणि पोखरेल भेटवार्तामा सहभागी हुनुहुन्थ्यो।
दलहरूबीच भएको छलफल र त्यसले तयार पारेको मस्यौदाका बारेमा प्रधानमन्त्री कोइराला र नेपाली कांग्रेसका केही नेताहरूबीच बिहीबार साँझ छलफल भएको थियो। त्यसै गरी वर्तमान परिस्थिति र चार मधेसी सांसदले राजीनामा दिएको विषयमा बिहान प्रधानमन्त्री कोइरालाले आफ्ना पार्टीका २० जिल्लाका सांसदहरूसँग छलफल गर्नुभएको थियो।

No comments: