Friday, December 21, 2007

अमेरिका र भारतका दुई प्रतिष्ठित उद्योग बीचको विवाद चर्कदो

भारतको प्रतिष्ठित पारिवारिक उद्योग समुह(टाटा समुह,ताज होटल्स) र अमेरिकाको ओरिएंट एक्सप्रेस होटल बीच विवाद चर्कदै गएको छ । प्राप्त समाचार अनुसार इंडियन होटल्स ले ओरिएंट होटल्सको लागि यहि १० डिसेम्बरमा लेखेको पत्रमा उसलाई माफि माग्न भनिएको छ । दुई होटल बीच केहि समय पहिले बाट बिबाद शुरु भएको हो ।
समाचारमा जनाईए अनुसार इंडियन होटल्सले ओरिएंट एक्सप्रेसको ११.५ प्रतिशतको शेयर खरिद गरि उक्त कम्पनि संग गठबन्धन गरेको थियो । जसलाई हाल आएर ओरिएंट एक्सप्रेसले इन्कार गरेको छ । ओरिएंट एक्सप्रेसले एक पत्र सार्वजनिक गर्दै घरेलु भारतिय होटल र बिश्वब्यापीरुपमा लक्जरी होटलको रुपमा परिचित ओरिएंट एक्सप्रेस संगको सम्बन्ध बाट उसले आफ़ुले नोक्सान बेहोर्नुपर्ने बताए पछि इंडियन होटल्सले उक्त पत्रलाई आफ़्नो अपमान भएको बताउंदै ओरिएंट एक्सप्रेसलाई यो पत्रको लागि माफि माग्नुपर्ने बताएको छ । इंडियन होटल्सका प्रमुख आर.के कृष्ण कुमारले ओरिएंट एक्सप्रेस होटल्सका सि ई ओ पॉल वाइट लाई लेखेको पत्रमा यस्तो कुरा उल्लेख गरिएको बताईएको छ । टाटा समुह भारतको प्रतिष्ठित औधोगिक घरानाहरु मध्ये एक हो जसले यस बर्ष १३.५ अरब डलरमा ब्रिटेन र नेदरलैंड को कोरस कम्पनि खरिद गरेको छ ।
यो अन्य कुनै पनि अहिलेसम भारतीय कम्पनिहरुलेबाट भएको सबैभन्दा ठुलो खरिद राशि हो । टाटा समूहको ताज होटलले भारतमा ५७ र बिदेशमा १८ होटलको संचालन गर्दै आएको छ भने उता ओरिएंट एक्सप्रेसले भने संसारभरमा ४० लक्ज़री होटलको संचालन गरिरहेको छ ।

No comments: