Wednesday, December 19, 2007

पाकिस्तानमा रेल दुर्घटना, ५६ को मृत्यु


डिसेम्बर १९,२००७। पाकिस्तानको लाहौर र करांची को बीच भागमा भएको ट्रेन दुर्घटनामा ५६ जनाको मृत्यु भएको छ भने १२० जना भन्दा बढी घाईते भएका छन ।करांची एक्सप्रेस को उक्त ट्रेन मंगलबार राती करीब नौ बजे कराची बाट लाहौर तर्फ गईरहेको थियो । प्रहरी अधिकारिका अनुसार दुर्घटनाको समयमा ट्रेनमा रहेको १६ वटै डिब्बा मा खचाखच यात्रुहरु रहेको र दुर्घटना पछि जम्मा ४ वटा डिब्बा मात्र सकुसल रहेको र अरु सबै नराम्ररी क्षतिग्रस्त भएको बताएका छन । पाकिस्तानको उक्त ईलाकाका रेलवे प्रमुख तनवीर अहमद ले दुर्घटनाको समयमा रेल सामान्य भन्दा केहि ज्यदानै तेज गतिमा गुडिरहेको बताएका छन । मेहराबपुरका वरिष्ठ प्रहरी अधिकारी अब्दुल हलीम कालड़ू का अनुसार रेलका डिब्बा एकमाथि अर्को चढेर रहेको हुनाले उद्दार कर्मिहरुलाई समेत उद्दार कार्यमा कठीन भईरहेको बताएका छ्न । अधिकारिहरुका अनुसार घटनामा अन्य सयौं ब्यक्ति घाईते भएकाले घटनास्थलमा ३० वटा एम्बुलेन्स ले उद्दार कार्यमा सहयोग पुर्याईरहेको र कराचींबाट पनि थप ३० वटा एम्बुलेन्स घटनास्थलमा पुगिसकेको र पुरै ईलाकाको अस्पतालमा आपतकालिन स्थिति को घोषणा गरिएको छ । स्थानिय बासिहरुले भने सरकारले दुर्घटना पश्चात उद्दार कार्यमा ढिलाई गरेको गुनासो गरेका छन । घटना भएको २ घन्टा पछि मात्र उद्दार कार्यको थालनि भएको थियो ।

No comments: