Monday, December 10, 2007

टर्कीमा डुंगा डुब्दा ३१ को निधन



अंकारा, टर्की । गैर कानुनि रुपमा टर्की प्रवेश गर्न लागेका कम्तिमा साठी जना भन्दा बढी ब्यक्ति सवार डुंगा शनिबार दुर्घटनामा परेको थियो । उक्त दुर्घटना ईज़्मिर शहरको उत्तरी भागमा पर्ने समुद्री तटमा भएको बताईएको छ । समाचार स्रोतका अनुसार आईतबार राती अबेर सम्ममा ३१ शब फेला पारिएको र अन्यको खोजि कार्य जारी रहेको जनाईएको छ । उद्दारकर्ताहरुले हालसम्ममा ६ जनालाई जिबितै उद्दार गरि अस्पताल पुर्याएतापनि धेरैको अवस्था चिन्ताजनक रहेको बताईएको छ । जीबित मध्य २ जना प्यालेस्टीनिज भएको र हालसम्ममा त्यहां कुनै पनि टर्कीको नागरिक रहेको जानकारीमा नआएको बताईएको छ । एक जना जिबीतका अनुसार डुंगामा ६० देखि ७० ब्यक्ति रहेको कुरा पुष्टि भएबाट बांकी सबै जिबीत रहने सम्भावना कम रहेको जनाईएको छ । डुंगामा सवार सबै एशिया र अफ्रिकी मुलुकका नागरिक भएको बताईएको छ । एशिया र अफ्रिकी मुलुकका हजारौं नागरिकहरु काम र राम्रो जीबनको खोजीमा गैह्र् कानुनी रुपमा टर्की हुदैं युरोपेली मुलुकहरुमा प्रवेश गर्दै आइरहेको बताईएको छ । टर्कीले ई.यू (युरोपियन युनियन) मा प्रवेश गर्न चाहिरहेको तर ई.यू ले भने टर्कीलाई गैह्र् कानुनी रुपमा प्रबासीहरुलाई प्रवेश नगराउन दबाव दिदै आईरहेको छ ।

No comments: