Sunday, December 16, 2007

संविधान संशोधनका लागी विधयेक तयार गरीने

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले सात दल सहमती नजिक पुगेको बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव नेपालले केही विषयमा मात्र सहमती हुन बाकी रहेको भन्दै बाकीमा पनि चाडै सहमतीमा पुग्ने बताउनुभयो । सात दल बाकी ६ मुद्दामा अहिले छलफल गरीरहेका बताउदै महासचिव नेपालले सबै मुद्दामा सहमती भएपछी २९ गते संविधान संशोधनका लागी विधयेक तयार गरीने बताउनुभयो ।
संविधानसभा निर्वाचन यसै वर्षभित्र सम्पन्न गर्नेमा पनि सात दल सहमती भएको महासचिव नेपालले बताउनुभयो । शान्ति सम्झौताको अवधि को समिक्षा गरीने, सेना समायोजन, सरकार पुर्नगठन लगायतका विषयमा पनि छलफल अगाडी बडेको उहाले बताउनुभयो । उहाले माओवादी जनसेना लाई योग्यताका आधारमा सेनामा समायोजन गरीने, योग्य नभएकालाई रोजगारमुलक तालीम दिएर व्यबस्थापन गरीने बताउनुभयो ।

No comments: