Sunday, December 23, 2007

अब यू ट्यूबमा ब्रिटेनको शाही परिवार

२३ डिसेम्बर,२००७ । ब्रिटेनकी महारानी एलिजाबेथले इंटरनेटमा शाही परिवारको लागि एक छुट्टै च्यानलको शुरुवात गरेकी छिन । यसै च्यानल मार्फत महारानीले क्रिसमसको संदेश पनि दिने भएकी छिन । राजपरिवारको हालखबर तथा पुरान ऐतिहासिक भिडियोको साथै शाही परिवारका बांकी सदस्यको भिडियो पनि यस च्यानल मार्फत देख्न सकिने भएको छ । महारानीले पहिलो पटक टेलिभिजनको माध्यमबाट सन १९५७ मा जनतालाई सम्बोधन गरेकी थिइन । उक्त संबोधनको ५० बर्ष गांठको अवसरमा यस च्यानलको शुरुवात गरेकी छिन । राजमहलले ८१ बर्षीया महारानीद्वारा यू ट्यूबमा मा जारि गरिने वार्षिक संबोधनले युवा तथा दोस्रो देशका जनताको समेत ध्यानाकर्षण गर्ने बताएको छ । उक्त च्यानलको नाम "द रोयल च्यानल - द ओफिशियल च्यानल ओफ द ब्रिटिश मोनार्की" राखिएको छ । यू ट्यूबमा शुरु भएको च्यानलको पहिको पानामा बकिंघम दरबार तथा महारानीका अंगरक्षको तस्वीर राखिएको छ । महारानीले च्यानल मार्फत आफुले क्रिसमसको अवसरमा दिने सन्देश ज्यादा ब्यक्तिगत तथा सिधा संवादको हुने बताउंदै आफुलाई यसरि देख्न पाऊनुमा द्रुत गतीमा बदलिदो समयको माग हो भनेको छिन । सन १९५७ को पहिलो टेलिभिजन संदेशमा महारानीले बदलिदो समय संगै आफुलाई पनि बदल्नुपर्ने आवश्यक रहेको बताएकि थिइन ।
च्यानलमा देख्न सकिने पुरानो भिडियो मा लोर्ड वेकहर्स्टले बनाएको चलचित्र "लंग टू रिन ओभर अस" पनि रहेको छ । यो चलचित्रको कहिले पनि प्रदर्शन हुन पाएन । ब्रिटेनका सांसद रहेका वेकहर्स्टको १९७० मा निधन भएको थियो जो एक सौखिन चलचित्र निर्माता थिए । उनले राजा जोर्ज को निधन,रानीको राज्यारोहण जस्ता कयौं महत्वपूर्ण शाही समारोहलाई चलचित्रमा समावेश गरेका थिए । यस च्यानलमा महारानी एलेग्जेंड्राको १९१७ मा भएको पश्चिमको यात्रा, १९२३ मा मौजूदा महारानीको माता-पिताका बिवाहको भिडियो समेत उपलब्ध छ । च्यानलको शुरुवातको घोषणा गर्दै बकिंघम दरबारका एक प्रवक्ताले जनतासंगको संवादको लागि महारानीले संधै नयां तरिकाको अवलम्बन गरिरहनुभएको बताएका छन । उलने अगाडि भनेका छन कि धेरै भन्दा धेरै जनतासम्म आफ्नो बिचार पुर्याउनको लागि महारनीलाई जुन माध्यम ठिक लाग्छ त्यहि अपनाउने गरेको बताऊंदै यसले धेरैको ध्यानाकर्षण गर्ने बताएका छन ।

No comments: