Thursday, December 6, 2007

अमेरीकामा बंदुकधारीद्वारा नौ जनाको हत्या

डिसेम्बर ६, २००७ । अमेरीकाको नेब्रास्कामा एक १९ बर्षिय बंधुकधारीले शपिंग सेन्टरमा अंधधुंध गोलि चलाई आठ जनाको ज्यान लिएका छन भने आफ़ु स्वयंले पनि आत्महत्या गरेका छन । फ़ायरिंगबाट घाईते भएका अन्य पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ भने ती मध्य दुईको अवस्था गम्भिर रहेको बताईएको छ । समाचारस्रोतका अनुसार १९ वर्षीय बंदूकधारी रोबर्ट हॉकिन्स स्थानीय बासिन्दा भएको बताईएको छ । राष्ट्रपति जर्ज बुशले घटना प्रति दु:ख ब्यक्त गर्दै शोक शन्तब्ध परिवार प्रति संबेदना ब्यक्त गरेका छन ।
प्रहरीका अनुसार रोबर्टको आमाले रोबर्टले लेखेको एक चिट्ठी फेला पारेकी छिन जसलाई आत्महत्या पुर्बको चिट्ठीको रुपमा लिइएको छ । एक प्रत्यक्षदर्शी का अनुसार घटनाको समयमा ३५ देखि ४० राउण्ड को हाराहारिमा गोलिको आवाज सुनिएको थियो । अमेरिकामा यस्ता घटनाहरु घटीरहने गरेका छन । यस भन्दा पहिले पनि भर्जिनिया टेक यूनीवर्सिटीमा भएको यस्तै घटनामा ३२ ब्यक्तिको ज्यान गएको थियो ।

No comments: