Tuesday, December 4, 2007

रूसको निर्वाचनमा राष्ट्रपति पुतिनको दल बिजयी, निर्वाचन निष्पक्ष नभएको आरोप

रूसमा आईतबार भएको निर्वाचनमा राष्ट्रपति पुतिन को यूनाइटेड रशिया पार्टी ६४.१ % मत प्राप्त गरि बिजयी भएको छ । बिभिन्न पक्षहरुले निर्वाचन निष्पक्ष नभएको बताएका छन । अर्गनाइज़ेशन फ़र सेक्युरिटी एण्ड कोओपरेशन इन यूरोप (ओएससीई) र काउन्सिल अफ़ युरोपले चुनाव पर्यवेक्षकको एउटा साझा टीम रूस पठाएको थियो जसले रुसको निर्वाचन निष्पक्ष नभएको टिप्पणी गरेको छ भने रूसका विपक्षी दलले निर्वाचनमा धांधली भएको बताएका छन । यद्दपी रूसी निर्वाचन आयोगले त्यसलाई इन्कार गरेको छ ।
विदेशी पर्यवेक्षकका अनुसार चुनाव त्यस्तो माहोलमा गराईयो जहां राजनीतिक प्रतिस्पर्धाको कमी र सबै राजनैतिक दललाई बराबर अबसर पनि दिइएन । पर्यवेक्षकले आफ़्नो रिपोर्टमा जनाए अनुसार सत्ताको दुरुपयोग गरिएको, संचार-माध्यममा सत्ताधारी को समर्थनमा प्रचार गरिएको र निर्वाचन आचार संहिता अन्य राजनैतिक पार्टिलाई मुश्किल हुने गरि बनाईएको जनाएको छ । ओएससीईले निर्वाचन हुनुभन्दा अगावै एउटा ठुलो पर्यवेक्षक टोली पठाउन लागेको थियो तर रुसले भिसा जारी गर्न ढिलाई गरेको र अनेक अड्को थापेको अरोप लगाएको छ । यद्दपी रुसले भने यो आरोपको खण्डन गरेको छ ।
विपक्षी कम्युनिस्ट पार्टीले यो निर्वाचन परिणामको बिरुद्दमा कानुनि चुनौति दिने बताएको छ । पार्टीले आगामी संसदको बहिष्कार गर्ने बताएको छ । कम्युनिस्ट पार्टीका नेता गेनाडी जुगानोव ले आफ़ु र आफ़्नो पार्टीले यस परिणामको विश्वास नगर्ने बताएका छन । एक स्वतन्त्र रूसी संगठन गोलोज़ ले पनि निर्वाचनमा धांधली भएको बताएको छ । तर रूसी निर्वाचन आयोगका अध्यक्ष व्लादीमिर चुरोव ले सरकारी टेलिभिजन मार्फत निर्वाचनमा कुनै गडबडि नभएको र संविधानको नियम अनुसार पुतिन ले आफ़्नो दोस्रा कार्यकाल पूरा भएपछि राष्ट्रपति पद छाड्न पर्ने बताएका छन । उनले पुतिनले प्रधानमंत्री पदको शपथ लिन सक्ने संकेत दिएका छन ।

No comments: