Tuesday, December 4, 2007

श्रीलंकामा भीषण भिडन्त

श्रीलंकामा सरकारी सेना र तमिल टाईगर (एलटीटीई) बिच भिषण संघर्ष जारी रहेको समाचार प्राप्त भएको छ । देशको उत्तरी जाफ़ना प्रायद्वीपमा भएको ताजा भिडन्तमा ३५ बिद्रोही र ६ सैनिक जवानको ज्यान गएको छ । हालका दिनमा उत्तरी जाफ़ना प्रायद्वीपमा निकै नै हिंसा बढ्दै गईरहेको छ । श्रीलंकाली सेनाका प्रवक्ता ब्रिगेडियर उदय नानायकरा का अनुसार सेनाले शनिवार जुन ईलाका कब्जा गरेका थियो त्यहीं नै एलटीटीई ले हमला गर्यो जसलाई सेनाले बिफल बनाईदिएको थियो । संघर्ष चलीरहे पनि हाल उक्त इलाकालाई सेनाले आफ़्नो नियन्त्रणमा लिएको छ ।
श्रीलंकाको उत्तर-पूर्वी इलाकामा स्वायत्तताको माग गरिरहेका तमिल विद्रोहि र श्रीलंकाली सेना बीच सन् १९८३ देखि चलेको लडाईं हालसम्म पनि चलिरहेको र यसबाट ७० हजार मानिसले ज्यान गुमाईसकेका छन । सन् २००२ मा नर्वे को मध्यस्थतामा दुबै पक्ष बीच युद्धविराम भएको थियो तर पछि फेरि युद्धविराम भंग भएपछिको सेना र एलटीटीई बीचको संघर्षमा पांच हजार भन्दा बढिको ज्यान गईसकेको छ ।

No comments: