Sunday, December 2, 2007

गणतन्त्र घोषणा गरेपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने - डा महत

नेपाली काग्रेसका केन्द्रिय सदस्य डा प्रकासशरण महतले आफुहरु संसदबाट गणतन्त्र घोषणा गर्न तयार रहेको जानकारी गराउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदबाट गणतन्त्र घोषणा भएपनि जनताले अनुमोदन गरेपछि लागु गर्नु पर्ने जोडदिनु पर्ने बताउनु भयो । काग्रेस संविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार रहेको बताउदै डा महतले निर्वाचन प्रणाली अर्न्तगत प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत र बाकी आन्तरिक रुपमा समानुपातिक बनाउने प्रतिबद्यता काग्रेसको धारणा रहेको जानकारी दिनु भयो । बिना अनुमोदन अन्तरीम म्यान्डेट बोकेको संसदबाट सबैकुरा लागु गर्न नसकिने उहाँको धारणा थियो । गणतन्त्रलाई संविधान सभा अघिनै र्कायान्वयन गर्न आवश्यक नभएको बताउदै उहाँले कागजको खोस्टोमा लेखेर मात्र हैन व्यवहारमा उतारेर गणतन्त्रलाई सुरक्षित र संस्थागत गर्नु पर्नेमा उहाँको जोड थियो ।
नेकपा एमाले स्थाई समिति सदस्य भरतमोहन अधिकारीले माओवादी पार्टी संविधान सभा निर्वाचन प्रतिको प्रतिबद्दतामा शंका व्यक्त गर्नुभयो । सविधानसभा चाहेको हो भने के गर्दा निर्वाचनमा सहभागी हुनुहुन्छ भन्ने पत्रकारको एक जिज्ञासामा नेता अधिकारीले सरकारको पूर्नगठन, संसदबाट गणतन्त्रको घोषणा र र्पूण समानुपातिक निर्वाचन प्रणालीको कार्यान्वयन हुनु पर्ने बताउनु भयो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य देव गुरुङ्ले प्रधानमन्त्रिको विकल्पका बारेमा आफ्नो पार्टी कुनै छलफल नभएको बताउदै गणतन्त्र घोषणा र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाम्रो प्राथमिकता हो नेतृत्वमा को बस्ने को नबस्ने हाम्रो प्रथमिकताको विषय होइन भन्नुभयो ।

No comments: