Thursday, December 6, 2007

आज संसद बैठक

संसदको नियमित हिउदे बैठक आज सिंहदरवार स्थित संसद भवनमा बस्यो । आज बसेको बैठकमा बिशेष समय लिदै नेपाली काग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो भनाईले सात राजनैतिक दलबिच अन्योलको स्थिति आएको बताउनु भयो । माओवादी गणतन्त्रको कुरा गर्दै राजाबादीसगँ मिलिरहेको आरोप उहाँले लगाउनु भयो ।
एमालेका सांसद प्रदिप ज्ञवालिले माओवादी जनसेनाको शिविरको अवस्था बिग्रिएकोमा सबै सांसदहरुको ध्यान केन्द्रित गर्दै जाडो याममा जन सेनाको राम्रो व्यवस्था हुनु पर्ने बताउनु भयो । त्यसैगरी नेपाल एकिकृतका सांसद नवराज सुवेदीले नेपालको सिमावर्ती क्षेत्रमा भारतीय पक्षबाट दश गज क्षेत्र मिचेको भन्दै ततकाल त्यसलाई बन्द गर्न नेपाल सरकारले उचित कदम चाल्नु पर्ने बताउनु भयो ।

No comments: