खगेन्द्र संग्रौला
मलाई यो जिन्दगीले
कहा पुर्यायो
कहिले हसायो, कहिले रुवायो
कहिले लोभ्यायो, कहिले सुतायो
मलाई यो जिन्दगीले....
अचेल म खिन्न मुडमा इतिहासको यात्राका आफ्नै पदचिह्नहरू हर्दै यसरी गुनगुनाउछु । सम्झन्छु, एकताक मैले पनि जी शाहको भेषमा गीत लेखेको थिए । मेरा केही भक्तहरूले भाका हालेर ती गाएका थिए । अनि मेरा केही चम्चाहरूले मेरो अनुपम प्रतिभाको मुक्तकण्ठले तारिफ गरेका थिए । अहिले सिंहासन ढलपल भएर मन रित्तो हुदा मलाई गीत लेखु- लेखु लाग्छ । तर मनको लय नराम्ररी भङ्ग भएको छ । लेख्न खोज्दा गीतको लय नै मिल्दैन । निधार मुजा पार्दै घोत्लिन्छु, म के थिए, म के भए,के गरुला भन्ने थियो, साला नियतिले के गरायो ।
प्रातःस्मरणीय कवि राजा महेन्द्रले लेखिबक्स्याथ्यो( नसिव सबको एक कहा हुन्छ र, हुदैन । पूज्य पिताले त्यो मेरै दुःखद भविष्यको पर्वानुमान गरी लेखिबक्स्या रहेछ क्यार । अहो, पिताश्रीको काव्य-दृष्टि कति दूरदर्शी )
शेक्सपियरले हो कि कसले लेखेको हो अहिले बिर्से विपत्तिहरू एक्लै आउदैनन् । आउदा ती घोडा चढेर आउछन् र जादा पैदल जान्छन् । नभन्दै मलाई त्यस्तै आपत् आइलाग्या छ । शासनको वागडोर मलाई कति साह्रो मनपरेको थियो, हुलहुज्जत गरेर बडो निर्मम तरिकाले त्यो खोसियो । त्यसमा स्वाद थियो,त्यसमा शान थियो, त्यसमा गौरव थियो, त्यसमा दौलत थियो । साला, त्यो सब हरण गरियो
लौ, पुत्र र पत्नीमोहतर्फमेरो मन खिचियो । मेरा पुत्र पारस नराम्रा मान्छे होइनन्, तर बबुरालाई कुलतले नाश गर्यो । धर्मपत्नी कोमल कताकता आफैमा हराएजस्ती भा'छिन् । एकातिर शासनको वागडोर हरिनु, अर्कातिर पुत्रको त्यो गति हुनु, अझ अर्कातिर म पतिदेवको अनुहारमा अहोरात्र औसीको रङ पोतिनु यी सब दुःखहरू एकछत्र आघात यी सोझी महिलाको हृदयमा परेको छ । उसै त अन्तरमुखी र अल्पभाषी, अहिले क्षितिजतिर हेरेर टोलाउनुबाहेक न यिनका ओठमा हसीखुसी छ, नत यिनको गलोबाट बोली नै फुट्छ । कहिलेकाही त सत्ता र दौलतका लागि हत्ते हालेर आफ्नी एकनिष्ट धर्मपत्नीलाई यो दयनीय दशाको भुमरीमा पारेकोमा मलाई पछुतो लागेर आउछ ।
जे होस्, जुनसुकै बादलमा पनि चादीको घेरा हुन्छ । अहिले मेरो शासनको वागडोरमाथि लागेको कालो बादलमा पनि म त्यो घेरा प्रत्यक्ष देखिरहेको छु । मेरो आसा राख्ने ठाउ त्यही चादीको घेरा हो । मेरालागि त्यो सान्त्वनाको शीतल छहारी हो । वागडोर जसले खोसे, आखिर तिनको पनि त चाल उति निको छैन । दलभित्रै कलह छ । दलहरूबीच कलह छ । दलहरू र देश-दुनिया बीच कलह छ । कुर्सीका लागि कलह । सत्तामा बर्चस्वका लागि कलह । कलह दिनानुदिन बढ्दो छ । कलहको यो शृङखला मेरालागि शुभसङ्केत हो । वर्गबन्धु बालकृष्ण समको कथनलाई सम्झेर म धर्यधारण गरिरहेको छु बेला वसन्तको र पर्ख जिन्दगीको हठी बनी । सहु, सहु, सहु बाबु सहनै नसके पनि ।
मेरा आफ्ना मानिसहरू वाइसीएलको डरले दुलामा पसे त के भो, मेरालागि बोल्ने मेरा प्यारा सेवकहरू दलहरूभित्रै छन् । मेरो सहारा दलहरूभित्रै छ । मेरो भविष्य दलहरूभित्रै छ । दलहरूभित्र असल मानिसहरूको बढ्दो लस्कर देख्दा अहिले मलाई झयाट्ट केपी शर्मा ओलीको याद आयो । रायमाझी आयोगको प्रतिवेदन अध्ययन गरी दोषीलाई सजायको सिफारिस गर्ने जिम्मा यिनका काधमा परेको थियो । जातले यी कम्युनिस्ट हुन् भन्थे । अहो ! यिनले बिताउने पो हुन् कि भनेर मेरो निद हराम भयो । यिनले लोते रायमाझी आयोगको अमर्त प्रतिवेदन बदर गरी दह्रो आयोग गठन गर्ने कुरा पो उठाउलान् कि - म साह्रै चिन्तित भए । तर यिनले, यी असल ओलीले,प्रतिवेदनअनुसार राजामाथि कारबाही गर्नु नपर्ने ठहर गरे । त्यो सुन्दा मलाई यिनलाई डाकेर नमस्कार गर्न मनलागेको थियो । राजनेता हुनु त यस्ता पो कति गहिरो मानवीय करुणा कति पवित्र स्वामीभक्ति कति अटल साहस कति अथक चेष्टा ।
म काङ्ग्रेसभित्रका आफन्तहरूलाई सम्झन्छु । उता काङ्ग्रेसका दुइ टुक्रा एक हुने चर्चा बढेर गयो, यता म झस्के । एक भएर यिनले एकमुखले गणतन्त्रको हल्ला गर्ने त होइनन् - मनमा आशङ्का र त्रासको भुमरी उठ्यो । तर दुइ काङ्ग्रेसको एकीकरणमा मेरा छरिएका सपनाहरूकै एकीकरण भयो । सुजाता, गोविन्द, खुम, विनय, केबी आदि-इत्यादि गरी काङ्ग्रेसभित्र असल मानिस त कति हो कति रहेछन् ती मेरा मानिस हुन् म भन्दिन । तिनलाई अप्ठ्यारो पर्छ । तथापि म भन्छु र भनिरहन्छु( ती असल मानिस हुन् । मेरो लच्किएको र हल्लिएको सिंहासनलाई ठाडो र स्थिर बनाइदिने उत्तम दर्जाका प्रजाहरू यिनै हुन् । यी छन् र न मेरो भविष्य छ । दुःखमा मेरा अच्छा साथीहरू ।
झरेको पातझै बतासमा उडिरहेको मेरो भ्रमित चित्तमा अहिले एकाएक चिन्तनको तरङ्ग पैदा भयो । 'पथ' बारेको चिन्तन । पहिले पथहरू भौतिक भूगोलमा बनाइन्थे । त्रिभुवन राजपथ, महेन्द्र राजपथ आदि । तर प्रचण्ड टाइपका प्रजाहरू मानसिक भूगोलमा पथ बनाउन थाले । प्रचण्डपथ यो देख्दा मलाई पनि आफ्नो ओजस्वी नामका पछिल्तिर पथ जोडेर अमर कीर्तिमान कायम राख्न रहर लागेर आयो । अनि नया पथमा के हुनुपर्ने रहेछ भनेर मैले प्रचण्डपथ पढिहेरे । तर तातोभुत्लो केही बुझे पो संश्लेषण र विश्लेषण, क्रमभङ्ग र छलाङ, महाविपत्ति र कुन्नि केजाति जस्ता बुझिनसक्नु कुराको जञ्जाल छ । मैले बुझे, नाथे पथ बनाउन केही गाह्रो रहेनछ । मलाई असल प्राज्ञ वासुदेव त्रिपाठीलाई केही यस्तै गाठा परेका शब्दहरूको माला उनेर ज्ञानेन्द्रपथ बनाउन अह्राउ कि भनी जङ चलेको छ । नाथे प्रजाले पथ बनाइसक्यो, म राजा भने नाङ्गै छु । मैले कसरी सहनु यो
खुसीको खबर, अचेल म निकै नै पढन्ते भएको छु । अरू काम छैन, अखबार खुब पढ्छु । जे पढ्यो, मैमाथि फत्तुर थोपरिएका देख्छु । मैले यस्तो गडबडी मच्चाए रे, मैले उस्तो षडयन्त्र गरे रे । तर यो सत्य होइन । प्रजाहरू असन्तुष्ट छन् । त्यो मेरो कारणले होइन, दलहरूको कारणले हो । अमनचैनको स्थिति चौपट छ । त्यो पनि मेरो कारणले होइन, दलहरूकै कारणले हो । परिस्थितिमा तिनले भ्वाङ पारेपछि भ्वाङमा घोचो घुसारेर कसैले उधिन्यो होला । त्यसमा मेरो के दोष - दलहरू आफै मेरो मर्जी अनुसारको स्थिति बनाइदिनमा मग्न छन् भने मैले यसो र उसोको लेठो गरिरहनु नै किन पर्यो - तैपनि मैमाथि फत्तुर - आफू नाच्न जान्दैन, म मौन आगनलाई दोष ।
अ, अखबारमा कू-का कुरा म खुब पढ्छु । कुरा गर्ने खास गरेर माओवादीहरू हुन् । पढ्छु र म त्यसै-त्यसै दङ्ग पर्छु मेरो नूर गिरेको शिर ठाडो हुन्छ । मेरा फुस्रा ओठमा मुस्कान नाच्न थाल्छ । बाहिर जतिसुकै फुर्ती गरे पनि भित्र मसग यिनलाई कत्रो डर मलाई थाहा छ, दलहरूको डरमा राजाको शक्ति हुन्छ । प्रजाहरूको गरिबीमा राजाको वैभव हुन्छ । दुनियाका आसुमा राजाको हासो हुन्छ । अनि दलहरूको आपसी टोकाटोक र ठोकाठोक, तीप्रति प्रजाहरूको असन्तोष र विरोध, जातीय किचलो र काटमार, सामाजिक बेथिति र कोलाहल आदिको गर्भमा राजाको भाग्य लुकिबसेको हुन्छ । चारैतिर हेर्छु मखलेल मुद्रामा विचार गर्छु मेरो भविष्य उतिविधि बेठीक छैन क्यार ।
धत्तेरिका, मलाई घरि-घरि पर्भेज मुर्सरफको सम्झनाले किन यसरी गाजिरहन्छ - ती मेरा देवदूत सरहका प्रेरक थिए । तिनका पदचिह्न पछ्याउनु मेरो उत्कट इच्छा थियो । तर तिनले रुदै आफ्नै हातले आफ्ना कुममाथिका जङ्गी फुलीहरू फुकालेर फाले । यसरी मेरा ती नाथले मलाई अनाथ बनाए । यसो गम्छु, कतै तिनको पलायन मेरालागि अनिष्टको सूचक त होइन - कतै मैले पनि आफ्नो प्राणप्रिय सिंहासनबाट त्यसैगरी पलायन गर्नुपर्ने त होइन ।
आ...बेकारको मनचिन्ते ताना । मुर्सरफ दादा बर्दीमा नभएर के भो - मेरा जोशी, ओली, खड्का, चन्द, कोइरालाहरू छदैछन् । दलभित्र मेरो पक्षमा ती आन्दोलनरत छन् । मैले केही गर्नु पर्दैन । भनु भने मैले वरको सिन्को पर नसारे पनि हुन्छ । गर्नुपर्ने जे-जे हो, त्यो तिनैले गर्छन् । प्रचण्डपथमा पढेको सम्झन्छु, के जाति यो वर्गको कुरा हो रे । उस्तै-उस्ता सगै बाचौ, सगै मरौ,छदाखादाको बर्दी फुकालेर मुर्सरफ स्याल भए । तर म बाघ हु, प्रयोगवादी बाघ ।
म अन्तिम प्रयोगको व्यग्र प्रतीक्षामा छु । प्रयोग गर्छु बाघे झम्टाद्वारा शासनको वागडोर ग्रहण गर्ने यत्न गर्छु मेरो प्रयोगमा केही त्रुटि होला त के भो - त्रुटि सच्याइदिने मेरा अनुचरहरू दलहरूभित्र जति पनि छदैछन् ।
मेरा दुःखी आसेपासेहरू मलाई घेरेर घरि-घरि सोध्छन्,सरकार! अब के हुन्छ - विगतका मेरा धेरै अनुमानहरू सही जचेनन् । त्यसकारण ठ्याक्कै यही हुन्छ भन्न म हिचकिचाउछु । तर लाग्छ, जे हुन्छ, ठीकै हुन्छ । श्री पशुपतिनाथले मेरो सिंहासन, म र मेरा जोदाहा ताबेदारहरूको कल्याण गरुन् । (source: Kantipur)

No comments:
Post a Comment