Thursday, December 6, 2007

निर्वाचनमा जान अब गोलमेच सम्मेलन - माओवादी

माओवादीले निर्वाचनमा जान अब गोलमेच सम्मेलनबाट जाने प्रस्ताव अघि सारेको छ । आज राजनितिक सहमति जुटाउन सिहंदरबारमा बसेको काग्रेस माओवादी बिचको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई भने पुन दोहोर्याउनु भएको छ । यदि निर्वाचन पूर्ण समानुपातिक भएन भने सबै जनजाति, गरिब, समुदायका जनता सहभागी हुन नस्कने बताउनु भयो ।
तर काग्रेस यसमा सहमति हुन नसकेको अध्यक्ष प्रचण्डले जानकारी दिनु भयो । काग्रेसले सविधान सभा पछि लागु हुने गरी गणतन्त्र घोषणा गर्न तयार देखिएता पनि निर्वाचन प्रणालीमा विगतको सहमति अनुरुपनै हुनु पर्नेमा जोड दिएको थियो । काग्रेसका कार्यवाहक सभापति शुशिल कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान नसकिने बताउनु भयो । आफुहरु गणतन्त्र स्थापनामा प्रतिबद्य भएको बताउदै कोइरालाले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा काग्रेस जान नसक्ने बताउनु भयो । तिन घन्टा लामो छलफलमा सेना समायोजन्, सिविर व्यवस्थापन, बेपत्ता नागरिकको अवस्था र्सार्वजनिक लगायतका बिषयमा छलफल भएको थियो ।

No comments: