Sunday, December 2, 2007

आज खुलामञ्चमा बृहत महिला भेला

नेकपा एमालेका महासचिव माधव कुमार नेपालले नेपाली समाजमा अझै सामन्तीवादी कु-संस्कार हावी रहेको कारण नेपाली जनताले चाहे जस्तो प्रगती हासिल गर्न नसकेको बताउनु भएको छ । सामन्तवादी कु-संस्कार नेपाली जनता तथा राजनितीक पार्टी पनि हावी रहेकोले नेपाली जनताले सामन्त कु-संस्कार विरुद्द लाग्न आम जनतालाई आहृवान पनि गर्नु भएको थियो । यस्तो कुसंस्कार सोच अब नेपालमा गणतन्त्र भएमात्र हटने पनि उहाँको तर्क थियो ।
राजधानीमा आयोजित बृहत महिला भेलालाई सम्बोधन गर्दौ महासचिव नेपालले सामन्तीवादी चिन्तनले नै अहिले महिला , आदिबादी, जनजाती शोषित हुनुपरेको जानकारी दिनुभयो । जनआन्दोलनको सफलता हासिल गर्न महिलाले खेलेको भूमिकाको सरहाना गर्दै महासचिव नेपालले महिला आरक्षण ३३% बाट बर्ढाई ५०% सम्म पर्याउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । मधेशी नेता एंव नवजनजाती मोर्चाका केन्द्रिय अध्यक्ष रामराजा प्रसाद सिहं नेपालको सत्ता सञ्चालन अब राष्ट्रपतीय प्रणालीबाट हुनु पर्नेमा जोड दिनु भयो । नेपाललाई तुरुन्त गणतन्त्र घोषणा गरी सामन्तवाद कुसंस्कारको अन्त्य गर्नपर्ने उहाँको धारणा थियो । संसदबाट पारित प्रस्ताव तुरुन्त कार्यान्वयन नगरे मुलुकले अर्को दुर्घटना भोग्नु पर्ने नेता सिहले चेतावनी दिनुभयो ।
राष्ट्रपतिय प्रणालीमा जादाँ अब महिलाको प्रतिनिधित्व बढी हुनु पर्ने उहाँको तर्क थियो । भेलामा उपस्थित अन्य महिला अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले महिला अधिकारलाई मानवअधिकारको अन्तराष्ट्रिय प्रतिबद्यता अनुरुप व्यवहारमा उर्तान जोड दिएका थिए ।

No comments: