Thursday, April 3, 2008

चुनावी पर्यवेक्षकलाई परिचयपत्र वितरण

आगामी संविधानसभा चुनावको लागि पर्यवेक्षण गर्न पाउँ भनी निवेदन दिएका संस्थाका पर्यवेक्षकहरुलाई निर्वाचन आयोगले चुनावी परिचयपत्र वितरण गरिरहेको छ । चैत २० गते आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले चैत २१ गतेसम्म राष्ट्रिय पर्यवेक्षकहरुलाई परिचयपत्र दिइने बताए । पर्यवेक्षणका लागि राष्ट्रिय १४८ तथा अन्तराष्ट्रिय ३० संस्थाहरुबाट आयोगमा आवेदन प्राप्त भएको थियो । आयोगले ९३ हजार राष्ट्रिय पर्यवेक्षकलाई परिचयपत्र दिने योजना छ । संविधानसभा चुनावका लागि निर्वाचन आयोगले राजधानीबाट १४,८४७ जना र जिल्लाहरुबाट ४४,८८४ जनालाई पर्यवेक्षकको परिचयपत्र दिइसकेको छ ।
साथै, अन्तराष्ट्रिय पर्यवेक्षकको लागि भने आयोगले चैत २६ सम्म परिचयपत्र दिने योजना बनाएको प्रवक्ता भट्टराईले बताए । ८६५ जना अन्तराष्ट्रिय पर्यवेक्षकलाई परिचयपत्र दिइने पनि उनले जानकारी दिए । पर्यवेक्षकले आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आयोगमा परेका छन् ।

No comments: