Monday, April 7, 2008

आधादर्जन उम्मेदवारसँग आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पटकपटक आचारसंहिता पालना गर्न दिएको निर्देशन पालना नभएको भन्दै केही उम्मेदवारसँग स्पष्टीकरण माग गरेको छ । उम्मेदवारहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमार्फ स्पष्टीकरण माग गरी पेश गर्न आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कार्य गरेको उजुरी परेपछि आठजना उम्मेदवारलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
स्पष्टीकरण पेश गर्न भौतिक योजना तथा निर्माण मन्त्री एवं माओवादी उम्मेदवार हिसिला यमीले सरकारी साधनको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण माग गरेको छ । उता, नाबालकलाई चुनावी सभामा प्रयोग गरेको उजुरी परेपछि एमाले केन्द्रीय कार्यालयमा पनि स्पष्टीकरण पेश गर्न पत्र पठाएको आयोग प्रवक्ता लक्ष्मण भट्टर्राईले बताउनुभयो । एमालेले राजधानीको सभामा रचना घिमिरेलाई चुनावी प्रचारमा प्रयोग गरेका थिए । त्यस्तैगरी आयोगका अनुसार कपिलवस्तु क्षेत्र नं. १ का उम्मेदवार दीपकुमार उपाध्यायलाई भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेकोमा स्पष्टीकरण लिएको छ ।
उता, धादिङमा मतदान अधिकृतमाथि कुटपिट गरेको विषयलाई लिएर आयोगले धादिङ क्षेत्र नं. ३ का माओवादी उम्मेदवार शालिकराम जम्कट्टेलसँग पनि स्पष्टीकरण लिएको छ । उता, तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दराज जोशीले पिस्तोल लिएर हिँडेको भन्दै स्पष्टीकरण लिएको जनाएको छ । त्यसैगरी निर्वाचन आयोगले अन्य निर्वाचन क्षेत्रमा प्रवेश नगर्न मतदाताहरूलाई आग्रह गरेको छ ।

No comments: