Monday, April 28, 2008

लोकतन्त्र दिवस सम्पन्न

२८ अप्रिल, ०८ । शान्ति तथा लोकतान्त्रिक नेपाली मंच तथा संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानको संयुक्त आयोजनमा शनिवार टोक्योको ओमोरीमा भब्य कार्यक्रमका साथ लोकतन्त्र दिवस सम्पन्न भएको छ । उक्त अवसरमा जापानका लागि नेपाली राजदुत डा. गणेश योन्जन तामागंले प्रमुख अतिथिको आसनबाट सफलतापुर्वक सम्पन्न भएको संबिधान सभाको चुनाव प्रति खुशी व्यक्त गर्दै उहाले जापानी सरकार र जनताको चाहना नेपालमा सर्वदलीय सरकार गठन भई नया सबिधान बनाउने रहेको बताउनु भयो । कार्यक्रमलाई संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानका अध्यक्ष क्रिष्ण के. सी., शान्ति तथा लोकतान्त्रिक नेपाली मंच जापानका सल्लाहकार महेशकुमार श्रेष्ठ, एमाले प्रवास कमिटी जापानका सचिव सूर्य़ पाठक, नेपाली जनसम्पर्क समिति जापानका संस्थापक बिश्वनाथ शर्मा आदीले संबोधन गर्नुभएको थियो । उक्त अवसरमा राजदुतका उपनियोग प्रमुख दुर्गा सुबेदी "दुबसु" को पनि उपस्थिति थियो ।
मोर्चाका महासचिब हर्क थापाद्वारा संचालित उक्त कार्यक्रममा मंचका उपाध्यक्ष डा. गिरी गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व गर्नुभएका अध्यक्ष भुषण घिमिरे सहभागीहरुलाई धन्यबाद गर्दै जनआन्दोलन २ मा जापानबाट भएका कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा जापानबाट जन आन्दोलन २ सहयोग पुर्याउने जापानीहरुलाई पनि सम्मान गरिएको थियो । औपचारीक कार्यक्रम पश्चात मोर्चाले नेपालमा संबिधान सभा सफल भएको उपलक्ष्यमा जलपान कार्यक्रम आयोजना गरेको थियो ।

No comments: