Friday, March 14, 2008

हार्ने डरले तालमेलको प्रस्ताव: महासचिव नेपाल

लामो समयदेखि बहसको विषय बन्दै आइरहेको बाम तालमेल नहुनुको रहस्य नेकपा एमालेका महासचिव माधब नेपालले खोल्नु भएको छ । माहासचिव नेपालले वाम तालमेल गर्दा माओवादीले माओवादीलगायत वामपन्थी दलहरुले आफ्नो भागमा ६० प्रतिशत र बांकी ४० प्रतिशत एमालेलाई दिने प्रस्ताव गरेकाले तालमेल हुन नसकेको रहस्य खोल्नुभयो । यस्तो प्रस्ताव गर्दा माओवादीले उपयुक्त आधार प्रस्तुत गर्न नसकेकाले तालमेल हुन नसकेको प्रस्ट पार्नुभयो ।
आफ्ना पार्टी नेताहरु जितेका ठाऊंमा उनीहरुलाई सघाउनुपर्ने प्रस्ताव आएकाले त्यसको समय सकिएको जनाएका छन । माओवादीले तलमेल गर्ने क्रममा १० प्रतिशत सिट अन्य बामघटकलाई दिने , ५० प्रतिशत आफ्नो पार्टी र ४० प्रतिशत एमालेलाई दिनुपर्ने प्रस्तावबाट एमाले झस्केको भन्दै महासचिव नेपालले तालमेलको प्रस्ताव हास्यास्पद भएको र उनीहरुले १० बर्ष जनयुद्द गरेको दम्भ देखाएको खुलासा गर्नुभयो । चुनावी अभियानका क्रममा हार्ने डरले तालमेललाई बढी महत्व दिंदै माओवादी जंगलबाट आएकाले जंगली ब्यवहार नसुध्रेको टिप्पणी गर्नसमेत महासचिव नेपाल चुकेनन । एमालेले वाम तालमेल गर्न नमानेपछि आफ्ना उम्मेदवारसमेत कुटपिट गर्न थालेकाले त्यस्तो अवस्थामा एकताको विषय हराउंदै गएको बताउंदै आएका छ्न । पार्टी कार्यकर्ताबीचमा माओवादीसंग एकता गर्दा १० बर्षे जनयुद्दमा हत्या भएको बिषयमा जिम्मेवारी लिने वा नलिने भन्ने बारेमा पनि चर्को मतभेद सुरु भएको बाताइन्छ । अनलाईन खबर बाट

No comments: