Friday, March 28, 2008

एमाले नेताद्वारा माओवादीले नेताको हत्या गर्ने पर्दाफास

एमाले नेता केपी ओलीले राजनीतिक दलका नेताहरुको हत्या गर्ने योजना माओवादीले बनाएको आफूले रिपोर्ट पाएको दावी गरेका छन् ।एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले राजनीतिक दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको बताएका छन् । झापा क्षेत्र नम्बर ७ बाट एमालेका उमेदवारसमेत रहेका ओलीले चैत १४ गते झापाबाट राजधानी आएपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी नेताहरुले आफ्नो हत्या हुने हल्ला गर्दै अन्य दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको रिपोर्ट आफूले पाएको उल्लेख गरे । माओवादी नेता तथा कार्यकर्ताले चैत २८ गतेसम्म आफ्नो हत्या गर्ने सार्वजनिक उद्घोष गरेको पनि ओलीले संचारकर्मीलाई बताए ।
माओवादीले राजावादीसँग मिलेर राजतन्त्रको आयू लम्ब्याएको पनि ओलीको आरोप थियो । प्रचण्डले एकदिन अघि मात्रै एमाले राजाबादी भएको कारणले चुनावी तालमेल नहुने बताउनु भएको थियो । संचारकर्मीसँग ओलीले मंसिर ६ गते निर्वाचन सार्नु राजतन्त्र बचाउने षड्यन्त्रको अंग भएको उल्लेख गरे । चैत २८ गते जसरी पनि संविधानसभा चुनाव गर्नुपर्ने ओलीको भनाइ थियो ।हालका दिनमा आएर माओबादीहरुको गतिबिधि हेर्दा, भावी चुनावी निष्कर्षको परिमाण प्रतिकुल आउने सम्भावनाले आफ़्ना बिध्वस गतिबिधि अझै कडा गर्दै चुनावबाट भाग्ने या चुनाव पछिको परिमाणलाई लिएर अर्को आन्दोलन चर्काउने प्रवल सम्भावना देखिएको छ ।

No comments: