Wednesday, March 12, 2008

बुथ कब्जा गर्ने वाईसीएल सर्कुलर

नेकपा माओवादीले बुथ कब्जा गर्न कडा निर्देशन सहित गोप्य सर्कुलर पठाएको छ। हालै माओवादीको केन्द्रीय बैठकले सो अतिगोप्य सर्कुलर तयारी गरी बुथ कब्जा गर्ने रणनीति अन्तर्गत नै केही समय पहिले देखि अन्य राजनीतिक दलका नेता कार्यकर्ताको अपहरण गर्ने, कुटपिट गर्ने, गाउँमा आतंक सृजना गर्ने कार्य गर्दै आएको छ।
१. जिल्लाको सम्पूर्ण गाविसहरुमा गुप्तचरी संयन्त्र तयार गरी को के हो? कहाँ छ? के गर्दैछ? कस्तो छ? र पछि चुनावसम्म त्यस्ता व्यक्तिहरुको भूमिका के रहन सक्छ? लगायतका दैनिक गतिविधि के हुँदैछ? कस्ले के गर्योक? यथार्थ खबर संकलन गरी विरोधी दलका व्यक्तिहरुको पाइलै पिच्छे निगरानी राख्ने र जिल्ला कमीटिमा इलाका कमिटीले जानकारी गराउने।
२.प्रत्येक गाविसमा २० जना देखि बढीमा ४०/५० जना वाइसीएल अनिवार्य रुपमा तयार गर्ने। वाईसीएलले पार्टीबाट दिइदै गरेको निर्देशन पालना गर्ने। तथा सम्पूर्ण युवा जमातलाई माओवादीमय बनाउने। व्यापक रुपमा समेट्ने, कुनै विपक्षीको लोभ लालचमा फस्न नदिने, बहकाऊमा लाग्न नदिने, कुनै व्यक्तिहरुको बारेमा वाईसीएलले समेट्न नसके त्यसको सूची तयार गरी सम्बन्धित ठाउँमा जानकारी गराउने।
३. सर्वप्रथम कांग्रेसलाई बढार्नु पर्ने अर्थात् कांग्रेसलाई गाउँमा टिक्न नदिने, उनीहरुको मनोभावना गिराउने, उनीहरुको किल्ला ध्वस्त पार्ने, कुनै हल चल वा चलखेल गर्न नै नदिने, निरास बनाउने, चुनावबाट पूरै हार खुवाउनुपर्ने।
४. विरोधी शक्तिलाई फाटो पार्ने, आफूहरु जोगीएर उनीहरुलाई एक आपसमा बझाउने, कुनै कुनै ठाउँ हेरी संगै बस्ने, खाने, निहुँ खोज्ने, रक्सी खाएको वहानामा विरोधीलाई मुक्का पनि दिने, त्यस्ताहरुको मनोभावना तुरुन्त गिराउने, सम्बन्धित ठाउँमा रिपोर्ट गर्ने त्यसैले हामीले देशी विदेशी शक्तिहरु खास गरी भारत, अमेरिका, युरोपेली युनीयनहरुमा समेत फाटो ल्याई हाम्रो कृयाकलाप प्रति ध्यान दिने अवसर नपाओस् भन्ने हेतुले काम गर्ने।
५. चैत्र २८ गते चुनावमा मरेकालाई ब्युताउने, अरब, अमेरिका, जो जहाँ भएपनि त्यस बखत उपस्थित गराउने, त्यसको मतलब मरिसकेका मानि र गाउँमा नभएका मानिसहरुको सुची तयार गरी त्यस्ताको नामबाट पनि पूरै मत खसाल्ने, सुरक्षा कर्मी, प्रहरी हामीसंग त्रसित छ निरास छ, युद्ध हारेको मानसिकता मात्र हैन, हारेकै हो त्यसैले उनीहरुसंग डराउनु पर्दैन। मत व्यापक रुपमा खसाल्नु पर्दछ। विपक्षीहरुलाई सकिन्छ भने खुलेर मत हाल्न दिनु हुँदैन।
६. वाई.सी.एल.हरुले आवश्यक पर्ने घंगारु लठट्टी, खुकुरी वा आवश्यक पर्ने आफू सुरक्षित हुन सक्ने हात हतियार (घरेलु) तयारी हालतमा शत्रुले थाहा नपाउने ठाउँमा राख्ने।
७. मतदाताहरुमा तल्लो वर्ग, जाति, पीडित, शोषितहरुलाई अत्याधिक रुपमा माया गर्ने। मध्यम वर्गलाई फकाउने, फुल्याउने, प्रलोभन दिने, मित्रता पनि गाँस्ने, साथमा राख्ने, केही ठूलो बनाइ दिने, आफ्नो स्वार्थको लागि लचिलो हुने, माथिल्लो वर्गलाई व्यापक त्रास देखाई भयभित बनाउने जसले गर्दा गाउँमा कुनै भूमिका निर्वाह गर्न नसकोस्।
८. फागुन महिना भरीमा संगठन विस्तार, सुधार गर्ने चैत्र लागेपछि चुनावी अभियानमा व्यापकरुपमा ज्यानको बाझी लगायर मरण बाच्ने सवाल बनेको चुनावलाई जानेको हत्कण्डा अपनाईकन नेकपा माओवादीमय भूमी बनाउने।
९. हाम्रा पार्टीका कृयाकलाप सांस्कृतिक कार्यक्रम नियमित रुपमा गण्डकी एफ.एम. मार्फत प्रसारण गरिने छ। त्यस्तो कार्यक्रम सवैले भ्यासम्म सुन्ने र अरुलाई सुनाउने जानकारी गराउने।
१०. राष्ट्रवादी शक्ति वा व्यक्तिहरुलाई मायाँ गर्ने आफ्नो पक्षमा ल्याउने उनीहरुलाई प्रोत्साहन दिने।
११. शिक्षक बुद्धिजीवीहरु समाजसेवीहरु, व्यापारी वर्ग सबैलाई समेट्ने र खास गरी शिक्षक र विद्यार्थी तथा युवालाई होलटाइमर बनाउने। त्यो १ दुई महिनाको लागि मात्र भएपनि होलटाइमर बनाउने व्यापक रुपमा चुनावी अभियान संचालन गर्ने भनिएको छ।” साभार: हांक

No comments: