Thursday, March 6, 2008

डा. अमितद्वारा तीन सय किड्नी बेचेको स्वीकार

किड्नी तस्करी गरेका भारतीय नागरिक डा. अमितकुमारले आफूले तीन सय किड्नी बेचेको स्वीकार गरेका छन । उनले तीन सयको शन्यक्रिया गरी किड्नी निकालेको अदालती बयानका क्रममा स्वीकार गरेका छन । डा. अमितले ती ब्यक्तिहरुको किड्नी आफूले जबरजस्ती नभई उनीहरुकै स्वेच्छाले निकालेको दाबी गरेका छन । उनले बयानका क्रममा किड्नी चाहिनेले आफै ब्यक्ति खोजेर ल्याउने र आफूले त निकालेको मात्रै हो भन्दै डा. अमितले त्यस्तो कार्य गर्दा आफूलाई कुनै पछुतो नभएको बताएका छन । उनले १० बर्षदेखि भारतको गुड गाऊंस्थित अस्पताल खोलेर त्यस्तो कार्य गर्दै आएको स्वीकार गरे ।
त्यसैबिच भारत सरकारले मानव अंगहरु पाइने बैंक स्थापना गर्न लागेको जनाएको छ । त्यहांको स्वास्थ मन्त्रालयले मानव अंग बैंक स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।

No comments: