Sunday, February 10, 2008

'डाक्टर हूँ, किडनीको डीलरवाला होइन '

भारतको गुडगाऊंमा किडनी चोरी काण्डका प्रमुख अभियुक्त अमित कुमार नेपालको चितवनबाट पक्राऊ परेका छन । चितवनका प्र.ना.नि.(सइ) राजु शर्माको कमाण्डमा रहेको टोलीले उनलाई पक्राउ गरेको हो । यस अघि भारतीय प्रहरीले इन्टरपोल मार्फत उनको खोजी कार्यको लागी अन्तराष्ट्रिय प्रहरी संगठनहरुसंग अनुरोध गरेको थियो । पक्राऊ परेपछि उनलाई राजधानी काठमाण्डौं ल्याईएको थियो । नेपाल प्रहरीले संचारकर्मीहरु माझ सार्वजनिक गरेपछि त्यहां उनले आफु निर्दोष रहेको बताएका छन । " मेरो बिरुद्दमा जो आरोप थियो, त्यसको बारेमा अदालतले मलाई निर्दोष करार दिइसकेको छ, म केवल डाक्टर हूँ, किडनी डिलरवाल होइन, हिराशत मुक्त भएपछि म यो सबै कुराको पुष्टि गरिदिनेछु" उनले भने । डाक्टर अमित माथि पछिल्ला केहि वर्षमा लगभग पांच सय ब्यक्तिको किडनी निकालेको आरोप लागेको छ । नेपाल प्रहरीले हिरासतमा लिएपछि उनलाई आईतवार अदालतमा पेश गर्ने कुरा बताईरहंदा शनिवार डा. अमितलाई सुटुक्क भारतीय प्रहरीको जिम्मा लगाई इन्डियन एयरलाईन्सको विमान मार्फत भारत सुपुर्दगी गरिएको छ । यस अघि भारतले उनलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो ।

No comments: