Saturday, February 9, 2008

जापानबाट सिक्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री सहाना प्रधानले जापानले गरेको अभूतपूर्व प्रगतिबाट सिकेर दलहरूले संविधानसभामार्फत मुलुकको चौतर्फी विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल-जापान मैत्री परिषद्द्वारा बिहीबार ललितपुरमा आयोजित समारोहमा बोल्दै परराष्ट्रमन्त्री प्रधानले दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको राष्ट्रलाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन जापानका जनताले गरेका अथक् परिश्रम विकास निर्माणको उदाहरण दिँदै नेपालका राजनीतिक दल र जनताले सिक्नुपर्ने बताउनुभयो।अहिले मुलुक परिवर्तनको संघारमा छ। संविधानसभाबाट राज्यको रूपान्तरण गर्न लगेको बेला जापानले धेरै आर्थिक सहयोग गरेको पनि सम्झनुपर्छ -उहाँले भन्नुभयो।
सोही अवसरमा मन्त्री प्रधानले गोपाल क्षेत्रीद्वारा अंग्रेजी भाषामा लिखित जापानमा विदेशी ऐतिहासिक दृष्टिकोण नामक पुस्तक विमोचन गर्नुभयो। सो पुस्तकमा जापानमा रहँदा विदेशीहरूले संगालेको अनुभव सिक्नुपर्ने यहाँको संस्कृतिक सभ्यताका बारे उल्लेख गरिएको बताइएको छ।समारोहमा परिषद्का अध्यक्ष एवम् पूर्वमन्त्री बुद्धिराज वज्राचार्यले नेपाललाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने दाता राष्ट्रका रूपमा जापान रहेको बताउँदै जापान नेपालको सच्चा मित्र रहेको विचार व्यक्त गर्नुभयो।समारोहमा प्राध्यापक रामकुमार पाण्डे, परिषद्का सचिव मनवीरसिंह पन्थीलगायतले पुस्तकले जापानका जनताका बारेमा राम्रै ज्ञान दिने विश्वास व्यक्त गर्नुभयो। साभार:नेपाल समाचारपत्र

No comments: