Tuesday, May 6, 2008

एनआरएन-जापान:चुनाव समिक्षा

सुरेश परिवर्तन


एनआरएन-जापानको दोस्रो महाधिवेशन अत्यन्त अव्यवस्थित र तनावका बिचमा सँपन्न हुन पुगेको छ। चूनावि नतिजा पनि आईसकेको छ र साथै चुनावका दौरानमा भएका अनियमितता र अव्यवस्थापनका कुरा पनि अगाडी आएको छ। यस चुनावमा सहभागी उम्मेदवारहरुले सहर्ष आफ्नो जीत र हार स्विकार्ने हो भने, कसले जित्यो र कसले हार्यो भन्ने विषय गौण हुन जान्छ। साथै, चुनावी प्रकृयाका सँबन्धमा उठेका विवादास्पद विषयहरु पनि आगामी दिनमा सुधार्नु पर्ने विषयकै रुपमा मात्र सिमित हुनेछ। होईन, चुनावमा प्रत्यासी उम्मेदवारहरुले परिणामलाई नस्विकार्ने हो भने, दोस्रो कार्यसमितिले सम्मान पाउने कुरामा भने शँकै छ। यस पँक्तिकारको विचारमा भने गैर-आवासीयहरुको सँगठनमा सम्पन्न यस चुनावमा प्रकृया पूर्णरुपमा हार्न पुगेको छ। जुन परिस्थिती र वातावरणमा चुनाव हुन गएको छ, त्यसलाई हामीले लोकतान्तृक प्रकृया मान्न सक्दैनौँ। मतका मार्फत प्रतिनिधी चयन अवश्य पनि लोकतान्तृक पद्धती हो, तर मतको दुरुपयोग हुने हो भने यो एउटा यान्त्रिक पद्धती भन्दा बाहेक केही होईन। एनआरएन दोस्रो महाधिवेशनका दौरान उपस्थित जो-कोहिले पनि भोट हाले र पटक-पटक भोट हाले भन्ने कुराले चुनावलाई विवादास्पद बनाएको त छँदैछ, यसको साथै यस चुनावमा नियमानुसार सदस्यता रकम तिरेर पहिलो पटक सहभागी धेरै साथीहरुको विश्वास पनि तोडिएको छ। जस्का कारण, नागोया, ओशाका, निगाता लगायत टाढाका प्रान्तबाट आउनुभएका मित्रहरुका सहभागीता एनआरएनको आगामी चुनावमा कम हुने सक्ने सँभावना छ। जापान भरका नेपालीहरु सौहार्दपूर्ण रुपमा भेटघाट गर्ने, विचार आदान-प्रदान गर्ने, र परिचयलाई गाढा बनाउने दिनका रुपमा धेरै साथिहरुले यस चुनावको दिनलाई लिनु भएको थियो। तर, अधिवेशन स्थलमा देखिएको उत्तेजक वातावरण र धाक-धम्कीको कुराले भने सामाजिकताका राम्रा पक्षहरु ओझेलमा पर्न गयो। 

बेथितिका कुराहरु

चुनावकै दिन उपस्थित रहँदैमा कसैले मत दिन पाउँदैन। जुनसुकै चुनावमा पनि यो कुरा लागु हुन्छ; चाहे त्यो नेपालको चुनावमा होस या अमेरीकाको चुनावमा। निर्वाचनसँग सँबद्ध समितिले ५:०० बजेको समयअवधि भित्र मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरिसके पछि, निवर्तमान कार्यसमिति र सँबध्द चुनाव समितिहरु यसै निर्णयमा अडीग रहनु पर्दथ्यो। तर, यसको विपरित निवर्तमान समितिका केही पदाधिकारी र चुनाव समितिका केही सदस्यहरुले भने लोकतान्तृक पद्धति भन्दै सबैलाई मतदाता नामावलीमा समाबेश गर्नु पर्ने कुराको जिकिर गर्न पुगेको देखिन्छ। यसले, के स्पष्ट सँकेत गर्छ भने, निवर्तमान समितिका केही पदाधिकारीहरु जसरी हुन्छ, चुनावलाई प्रभावित गर्न मतदाता नामावलीमा समावेश प्रत्येक मतदाता आफ्नो पक्षका हुन वा होईनन भन्ने छुट्याउने अभियानमा लागेका थिए। जब, आफ्ना पक्षले नजितिने भयो, तब तुरुन्तै १२५ जनाको नामावली तयार गर्ने प्रकृयामा यिनीहरु लागेका थिए। मतदाता नामावली अध्यावधिक गर्ने समयम्याद समाप्त भएपछि पनि एउटा पक्षले दर्ता गर्न खोजेको मतदाता नामावलीले समिति भित्रकै व्यक्तिहरु साँठगाँठमा लागेका कुरालाई यसरी स्पष्ट गर्दछ। फलस्वरुप, यस चुनावमा शुरुआती दिनदेखी नै नियोजित रुपले चुनावी नतिजा कसैको पोल्टामा हाल्न केही पदाधकारिहरु लागेको स्पष्ट हुन्छ। 

चुनावका दिनमा उम्मेदवारी दिएकाहरुले आ-आफ्नो जीत निश्चित गर्न चासो दिनु अस्वाभाविक होईन। फलस्वरुप, कोही उत्तेजीत पनि भए होलान र चुनाव समितिका मित्रहरुलाई प्रभावित गर्न खोजे होलान। उम्मेदवारहरुले यसो गर्न सक्छन किनभने सबै आफ्नो जीत चाहन्छन र अनुकूल परिस्थिती बनाउन चाहन्छन। तर, निर्वाचन समितिका सदस्यहरुको प्रमूख उद्देश्य भनेको कसैलाई चुनाव जिताउनु होईन। उहाँहरुको उद्देश्य चुनाव निष्पक्ष र विवादरहित ढँगले सम्पन्न गर्नु मात्र हो। नेपालमै सँविधान सभाको चुनाव पनि पटक-पटक स्थगित हुन गएको थियो। निर्वाचन आयोग समेतले तयारीमा रहेको कमजोरीलाई देखाएर चुनाव स्थगित गरेको कुरा कसैबाट लुकेको छैन। तयारी नरहँदा र स्थिती ठीक नहुँदा सँविधान सभाको चुनाव त रोकिन सक्छ भने, एनआरएन जापानको चुनाव किन नरोकिने? कसैले चुनाव हुनै पर्ने नत्र टाउको फोडीन्छ भन्दैमा निर्वाचन समिति चुनाव गर्न बाध्य नहुनु पर्ने हो। तर, निर्वाचन समिति, अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उपस्थित कसैले पनि धाक-धम्कीका आवाजलाई निस्तेज गर्न सकेनन र मूकदर्शकका रुपमा रहेर चुनाव गराउन खोज्ने षडयनत्रकारीहरुका कदममा सहभागी हुन पुगे। फलस्वरुप, चुनावी प्रकृया पूर्णत अस्तव्यस्त हुन पुग्यो र बलमिच्याँई गर्दै एकपक्षिय रुपमा मतदान हुन पुग्यो। 

पहिलो अधिवेशषको तुष हो त?

डा. उपेन्द्र महतोको उपस्थितिमा २००६मा सम्पन्न एनआरएन-जापानको पहिलो अधिवेशनमा तदर्थ समितिमा रहेकाहरु बाहेक धेरै नयाँ सदस्यहरु निर्वाचित भएका थिए। एनआरएनको नाममा आफुलाई समाजकै हर्ताकर्ता देखाउन केही व्यक्तिहरु लागेपछि हामी सबै एकजुट भएर पहिलो अधिवेशनमा सहभागी भएका थियौँ। हाम्रो उद्देश्य थियो-सामाजिक सँगठनमा लाग्नेहरुका सामाजिक पक्ष बलियो हुनु पर्छ भन्ने। तर, एनआरएनलाई एउटा साधन बनाउने र डा. महतो लगायत एनआरएनका केही गण्यमान्यसँग सोल्डर ब्रश गर्दै आफुलाई "महान" बनाउनु पर्छ भन्नेहरुलाई भने विध्यार्थि, पत्रकार, ब्लगर, ईन्जिनियर लगायतका उपस्थिती कहिले पचेन। सामाजिक सँगठनलाई बन्द सँगठन बनाउने र मौकामा चौका हान्न खोज्ने यी महान व्यक्तिहरु त्यसैबेला देखी मौकाको खोजीमा थिए। 

मानसिकताका हिसाबले, त्यसवेला एनआरएनमा हैकमवादी प्रवृतिका व्यक्तिहरुका रजाई चर्को नै थियो। सामन्ती सोच अनुरुप यी हैकमवादीहरु अन्यलाई सँधै कनिष्ठका रुपमै राख्न चाहन्थे। हो, त्यति वेलै हो, एनआरएनमा "विध्यार्थी" हुनु भनेको पैसा नभएका, केही खर्च गर्न नसक्ने दोस्रो दर्जाका एनआरएनका रुपमा चिनिनु हुन्थ्यो। तर, एनआरएनकै एक जिम्मेदार पूर्व-अधिकारीले सार्वजनिक रुपमै माफी माग्न पुगे पछि भने, अधिकाँश "हैकमवादी"हरु छाँगाबाट खसेका थिए। किनभने, जस्लाई उहाँहरुले कम्पनीमा कार्यरत विद्वानका रुपमा प्रस्तुत गर्नु हुन्थ्यो र आफ्ना नेताका रुपमा मान्नु हुन्थ्यो, उहाँ पुरा कार्यकाल विध्यार्थिकै रुपमा एनआरएनमा कार्यरत हुनु हुन्थ्यो। सत्यउदघाटनको यस चरणले एनआरएनमा निर्णायक मोड लिन पुगेको थियो। लडाईमा शहीद त कार्यकर्ता बन्नु पर्छ भन्ने अर्का "हैकमवादी"हरुले गर्दा नै हो, पहिलो अधिवेषनको तुष मेटने कृयाकलापमा यी छदमवेशीहरु लागेका। 

एनआरएनको एकता

एनआरएन-जापानको दोस्रो अधिवेशनले जापानमा रहेका गैर-आवासीय नेपालीहरुमा जबर्जस्त फुट पैदा गरिदिएको छ। कोही जित्दा खेरी फुटन गएका छन भने कोही हार्दा खेरी फुटन गएका छन। तर, सबै भन्दा ठूलो फुट भने एनआरएनमै देखिएको छ। चुनावी जितहारका लागी गुन्डा प्रयोग गर्ने, टाउको फोडने र धाक-धम्की दिने कुराहरु आएपछि , अब धेरैको मन यस सँस्थाबाट विकर्षित भएको छ। लाभको पद केही नपाईने र व्यापारीक फाईदाहरु पनि आफ्नो नेटवर्कँग क्षमतामा मात्र आउने यस सँस्थामा जान टाउको फोडनु भन्दा त अलग्गै एनआरएन किन नबनाउने भन्ने कुरा अहिले बहसमा आएका छन। एनआरएन विधेयकले पनि डा. उपेन्द्र महतोको एनआरएनलाई मात्र एनआरएन मान्दैन। गैर-आवासीयहरुले अलग्गै सँस्था बनाउने हो र नेपालमा नियमानुसार दर्ता गर्ने हो भने, त्यसलाई पनि एनआरएनको दर्जा दिईन सक्छ। तसर्थ, वैधानिक प्रावधानको फाईदा र टाउकोमा चोट लगाउनु पर्ने बेफाईदाले गर्दा अागामी दिनमा एनआरएनको अर्को सँस्था जापानमा गठन हुन सक्दछ। नेकपा माओवादी, नेकपा एमाले, नेपाली काँग्रेस लगायत लोकतान्तृक मोर्चामा रहेका राजनैतिक पार्टीमा आवद्ध शुभचिन्तक, सँगठक, बुद्धिजीविहरुले "टाउको नफोडने" र कुडा-कर्कट बिनाको अर्को एनआरएन गठन गर्न सक्छ। तर, यी सबै गतिविधिहरु वर्तमान चुनावमा सहभागी र पराजति उम्मेदवारहरुकै कृयाशीलतामा पनि भर पर्न सक्दछ। 

चूनावी परिणामको स्विकार्यता

दोस्रो अधिवेशनको चुनावि परिणामको पवित्रता समाचार-पत्र र लेखमा लेखिएका तर्क भन्दा पनि सहभागी उम्मेदवारहरुको स्विकारोक्तिमा भर पर्दछ। यदि पराजीत उम्मेदवारहरु सबैले यस चुनाव परिणामलाई स्विकार्ने हो भने, निर्वाचन परिणामले सामाजिक स्विकृति पाउन सक्छ र निर्वाचनका दौरानका घटनाहरुलाई र यस पटक हार्न पुगेको "निर्वाचन प्रकृया" भविष्यका लागी पाठका रुपमा लिन सकिन्छ। होईन, यदि पराजीत उम्मेदवारहरुले परिणाम नस्विकार्ने हो भने, सर्वप्रथम उहाँहरुले वक्तव्य मार्फत यसको जनाउ दिनु पर्यो र निर्वाचनमा देखिएका धाँधलीको फेहरिस्त अन्तर्राष्ट्रिय समितिमा पठाएर निर्वाचन परिणाम बदर घोषणा, मतदाता विवरण सँकलनको तयारी आदीका सँबन्धमा पहल गर्नु पर्यो। निर्वाचन लडने प्रकृया भन्दा पनि निर्वाचनलाई बदर गर्ने, धाँधलीलाई उजागर गर्ने र जबर्जस्ती चुनाव जितेकाहरुलाई हराउने काम झन सजिलो छ किनभने जे-जति जबर्जस्तीका कुराहरु भएका छन, ति सबैका अगाडी हुन पुगेका छन । होइन, अब हामीमा यस्तो गर्ने सामर्थ्य छैन, र जे जति भईसक्यो-भईसक्यो, अब आ-आफ्नो काममा लाग्दै बाँकी सामजिकतालाई बचाउने हो भने, अब अनावश्यक गफ गरेर केही फाईदा छैन। त्यस्तो अवस्थामा पराजीत मित्रहरु सबैले विजयी मित्रहरुलाई बधाई दिनु उदाहरणिय सामाजिक काम हुनेछ।

No comments: