भिडका केहि फोटोहरु यहाँ राखिएका छन्। केहि फोटोहरु मित्र प्रताप छत्कुलीबाट प्राप्त भएका हुन्। उहाँलाई धन्यबाद।

हल परिसरमा सुन्दर फूलहरु फूलिरहेका थिए। केहि नेपालीहरु 'निर्दयी' पाराले फूलमा टेकिरहेका थिए, कोहि बसिरहेका थिए। दिनभरि उभिँदा थकाई लागेर बसेका भनौं भने सबैनै थाकेका थिए। अलिकति मात्रै चेतना भए मान्छेहरु त्यसरी बस्ने थिएनन्।


चुनाव हुने-नहुने अथवा कुन ढंगले हुने हो निश्चित थिएन। वातावरण झन-झन तनावमय हुँदै थियो। मतदाता नामावलीमा अझै मतैक्यता हुन सकेको थिएन शायद।
साढे तीन बजेपछि होला, मतदाता नामवाली ल्याएर टाँसियो हलको मूलढोकाको दुईतिर। त्यसपछि मतदाताहरु लाईन लागे। अलिक ध्यान दिएर हेर्दा मतादात नामावली पनि 'गज्जब' देखियो। एउटै मान्छेको नाम धेरै ठाऊँमा पनि देखिन्थ्यो। एउटै नामको अगडि कहिले Mr. कहिले Ms. देखिन्थ्यो। टोकियोमा आएर लोग्नेमान्छेको middle name, kumari पनि हुन्छ भन्ने जान्न पाईयो:) केहि उदाहरणहरु छन् यहाँ, आनन्द लिनुस्।



भिडको टाउकोमाथीबाट मोबाइलले धेरै खिच्न सकिएन। यिनैको भरमा पनि तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, मतदाता सूचि कति हचुवाको भरमा बनाईएको थियो।
मतदाताको लाईन एकदम भद्रगोल देखिन्थ्यो। एनआरएनका स्वयंसेवकहरु बाहिर देखिएका थिएनन्। हामीसंग बिल्कूल सम्बन्ध नभएका केहि जापानी कर्मचारीहरु हाम्रा 'मतदाता'को लाइनलाई मिलाउँदै र सोझ्याउँदै थिए! 'हग्ने'लाई भन्दा 'देख्ने'लाई लाज!
त्यतिखेरसम्म के स्पष्ट भईसकेको थियो भने अब सदस्यताको बाल मतलब हुने छैन र जस्ले पनि भोट हाल्न पाउनेछ। मलाई यस्तो काइते चुनावमा भोट हालेर आफ्नो हात 'फोहर' गर्न मन लागेन र जो साथीका लागि म टोकियो आएको थिएँ उहाँलाई सोधें, चुनावप्रति उहाँको राय के छ र भोट हालौं कि नहालौं भनेर। उहाँले भोट हाल्ने अनुरोध गरेपछि बेलुकी सात बज्ने बेलामा लाइनमा बसें।
भित्र मतदान गर्ने ठाऊँमा पनि कम्ता भिडभाड थिएन। तलका फोटोहरुबाट देख्न सक्नुहुन्छ। को भोट हालीसकेको हो र को भोट हाल्न जाँदैछ, पत्तै हुँदैन थियो। यस्तो भिडभाडमा गोप्यताको के अर्थ रह्यो?! कस्ले कस्लाई भोट हाले भनेर स्टेजमा बसेका केहि ब्यक्तिले सजिलै हेर्न सक्थे।
यो एउटा सामान्य मतदाताको अनुभव हो। यो चुनावसंग अझ नजिक सम्बन्ध भएका साथीहरुका धारणा तपाईँ समुन्द्रपारीडटकम, लोकतन्त्रब्लग र दनेवा:आदिमा पढ्न सक्नुहुन्छ।
यो अनुभवपछि म एनआरएनको साधारण सदस्यता पनि परित्याग गर्ने निर्णयमा पुगेको छु। लेख्न भने एनआरएनको बारेमा पछि पनि लेख्दै गरौंला। अहिलेलाई यो शृंखलालाई समाप्त पार्ने अनुमति चाहन्छु। धन्यबाद!
No comments:
Post a Comment