Wednesday, May 7, 2008

म्यानमारमा भिषण आंधि-बेहेरी

म्यानमारको सरकारी समाचार स्रोतका अनुसार शनिवार त्यहां आएको हुरी-बतासका कारण हालसम्म २५ हजार ब्यक्तिको ज्यान गईसकेको छ भने ४० हजार भन्दा ज्यादा ब्यक्ति बेपत्ता रहेको जनाईएको छ । शनिवार आएको उक्त भिषण सामुद्रीक आंधि-बेहेरीमा परि बोगाले शहरमा ९५ पतिशत ब्यक्ति घरबार बिहिन भएका छन । केहि ब्यक्तिलाई शिविर मा आश्रय मिलेको छ भने कयौं ब्यक्तिहरु भने अलपत्रमा परेका छ्न । हाल त्यहां मानवीय सहायताका लागि अमेरीका, यूरोपीयन संघ तथा जापानले आपतकालीन सहायता गरिरहेको छ । उता संयुक्त राष्ट्र संघले भने मानवीय सहायताको लागि समेत म्यानमारको सौनिक सरकारले त्यस इलाकामा उद्दारको लागि जाने बातावरण समेत नबनाएको भनि आलिचना गरेको छ । एक बिदेशी राहत संस्था वर्ल्ड विजनले खेत को गराहरुमा लाशहरु यत्रतत्र छरिएको बताएको छ भने हाल म्यानमार सरकारले नोक्सानको बिवरण तयार गरिरहेको छ ।

No comments: