Friday, May 30, 2008

गणतन्त्र नेपालको स्वागत तथा न्यानो अभिवादन - नेकपा एमाले प्रवास कमिटी जापान

२९ मई, ०८ । नेकपा एमाले प्रवास कमिटी जापानले एक बिज्ञप्तिमार्फत गणतन्त्र नेपालको स्वागत तथा न्यानो अभिवादन ब्यक्त गरेको छ ।
कमिटीका सचिव सुर्यप्रसाद पाठकद्वारा प्रेषित बिज्ञप्तिमा भनेको छ- जापान लगायत बिश्वका विभिन्न राष्ट्रहरुमा बसोबास गरिरहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदि बहिनीहरुलाई नेकपा एमाले प्रवास कमिटी जापान गणतन्त्र नेपालको न्यानो अभिवादन ब्यक्त गर्दछ । ईतिहास निर्माण गर्नका लागि नै बनेको हुन्छ भन्ने कुरा जेठ १५ गते नेपालको संबिधान सभाको बैठकले राजतन्त्र सदाको लागी अन्त्य गरेर गणतन्त्र नेपालको स्थापना गरेबाट पुष्टी भएको छ ।
ईतिहासको विभिन्न चरणको आन्दोलनमा सयौ नेपाली आमाका वीर सन्ततीहरुले आफ्नो प्राणको आहुती दिएका छन ती महान शहीदहरुप्रति भावपुर्ण श्रद्दान्जली ब्यक्त गर्दछौ । पृथ्वीनारायण शाहबाट शुरु भएको आधुनिक नेपालको शाह वंशीय राजतन्त्र, भण्डारखाल पर्व, राणा शासनको उदय र पतन, ०७ सालमा प्रजातन्त्रको स्थापना, २०१५ सालको संसदीय निर्वाचन, २०१७ सालबाट राजा महेन्द्रले शुरु गरेको एक दलीय पन्चायती शासन प्रणाली, २०३६ सालको जनमत सग्रह, २०४६ सालको ऎतिहासिक जन आन्दोलन पुन प्रजातन्त्रको स्थापना, त्यसपछीका संसदीय शासन प्रणाली, हत्या हिंसाको राजनीतिको शुरुवात २०५९ जेठ १९ गतेको दरवार हत्याकाण्ड हुदै राजा ज्ञानेन्द्रको तानाशाही शासन प्रणाली, हरेक परिवर्तन बन्दुकबाट होईन जनताको मतपेटीकाबाट नै गर्न सकिन्छ भन्ने प्रजातन्त्रको सर्वब्यापी मान्यताबाट प्रेरित भई संसद पुर्न स्थापना अनि त्यसबाट संबिधानसभाको निर्वाचन अनि लोकतान्त्रिक गणतन्त्रको स्थापना भन्ने मुल नाराका साथ शुरु भएको २०६२/६३ को १९ दिने शान्तिपुर्ण जन-आन्दोलन, त्यसबाट पुर्न-स्थापित प्रतिनिधि सभा, त्यस प्रतिनिधिसभाबाट २०६२ जेठ ४ गतेको राजाको सम्पुर्ण अधिकार कटौती गर्ने ऎतिहासिक घोषणा, त्यस पश्चात बन्दुकबाट होईन मतपेटीकाबाट नै हरेक परिवर्तन हुन्छ भन्ने सर्वब्यापी मान्यतालाई आत्मसाथ गर्दै नेकपा माओबादीको हत्या र हिंसाको राजनीतिलाई अन्त्य गर्दै अन्तिरिम संसद मार्फ़त शान्तिपुर्ण राजनीतिमा प्रवेश, त्यसपछि संबिधान सभाको निर्वाचन हुदै संबिधान सभाको जेठ १५ गते को प्रथम बैठकबाट नेपालले राजा ज्ञानेन्द्रसगै २४० बर्षिय शाह वंशीय राजतन्त्रलाई सदाका लागि अन्त्य गरी २१ औ शताब्दी कै उदाहरण प्रस्तुत गरी बिश्वको ईतिहासमा आफ्नो नाम गणतन्त्र नेपाल भनेर लेखाउन सफल भएको छ ।
गणतन्त्र नेपालको घोषणासंगै नेपालका लागि सम्भावना र चुनौती दुबै एकसाथ उपस्थित भएको छ । गौतम बुद्दले शान्तिको सन्देश दिएको बिश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा आज अपहरण, हत्या र विध्वंशको राजनीतिले प्रश्रय पाएको छ भने अर्कोतर्फ़ नेपाल विदेशी राष्ट्रहरुको राजनैतिक क्रिडास्थल बनेको छ । यस्तो घडीमा स्थापना भएको गणतन्त्र नेपालका सामु निश्चत पनि विभिन्न जटिल खालका चुनौतीहरु छन तर चुनौतीसगै नया नेपाल निर्माणको विभिन्न सम्भावनाका ढोका पनि खुलेको छ । गणतन्त्रको घोषणासगै नया नेपालको आकाशमा उदाएको सुनौलो घामसंगै हत्या हिसाबाट आक्रान्त नेपालमा आर्थिक विकास, सामाजिक उन्नतिसगै गौतम बुद्दले परिकल्पना गरेको शान्तिपुर्ण नेपालमा परिणत होस भन्ने कामना नेकपा एमाले प्रवास कमिटी गणतन्त्रको स्थापनालाई हार्दिक स्वागत गर्दै सम्पुर्ण नेपाली जनताहरु प्रवासी नेपालीहरु सबैमा हार्दिक बधाई ज्ञापन गर्दछ ।

No comments: