Sunday, May 4, 2008

एनआरएन-जापानमा ब्लगरको उम्मेदवारीता

सुरेश परिवर्तन



लोकतन्त्र ब्लग तथा माई सँसारमा आफ्ना विचार-अभिव्यक्ति एवम कविता मार्फत लोकतान्त्रिक गणतन्त्रका लागी खरो अभिव्यक्ति दिनु हुने मित्र राम कुमार बस्नेत एनआरएन-जापानको दोस्रो कार्यसमितिका चुनावमा सहभागिता जनाउँदै हुनुहुन्छ। जनआन्दोलन-२को पूर्वसँध्यामा जापानको टोक्योमा सँचालित जुलुस-प्रदर्शन तथा लोकतान्तृक बैठक-भेलामा सकृय सहभागिताका साथ सबै नेपालीलाई घच्घच्याउनु हुने उहाँले आफ्ना अभिव्यक्तिहरु मार्फत जहिले पनि दासत्व, सामन्तवाद र ठुलाठालुहरुका विरोध गर्दै आउनु भएको छ। धनपतिहरुले मात्र विदेशिएका नेपालीहरुको प्रतिनिधित्व गर्न सक्दैनन भन्ने हाम्रा सोचलाई सफलीभूत पार्न मित्र बस्नेतले दोस्रो कार्यसमितिमा सदस्य पदका लागी दिनु भएको उम्मेदवारीताले हामी सबैका साझा सोचलाई प्रतिनिधित्व गर्दछ। तसर्थ, श्रद्धेय राम कुमारजीलाई अत्याधिक बहुमतका साथ विजयी बनाउनु हुन, सँबद्ध सबैलाई हार्दिक अपिल गर्दछु।

No comments: