Wednesday, May 21, 2008

थाई प्रधानमन्त्री टेलिभिजन कार्यक्रमका कुक

थाइल्यान्डका प्रधानमन्त्री समक सुन्दराभेज टेलिभिजन कार्यक्रममा कुक बनेर प्रस्तुत हुन्छन् । विपक्षीहरूले निर्वाचन आयोगमा आपत्ति जनाउँदै प्रधानमन्त्रीले प्राइभेट कम्पनीमा जागिर खान नहुने बताएका छन् । प्रधानमन्त्री सुन्दराभेजले विपक्ष्ीहरूको यो व्याख्यालाई अस्वीकार गर्दै यसतर्फ आफू सचेत रहने बताएका छन् । उनले आयोगको फैसला नआउन्जेलसम्म टेलिभिजनमा कुकको कार्यक्रम चलाउनबाट 'ब्रेक' लिने पनि बताएका छन् । ७२ वषीय प्रधानमन्त्री सुन्दराभेज थाई टेलिभिजनमा नियमित रूपमा दुईवटा पकवान कार्यक्रम चलाउँछन् ।
२००६ मा सैनिक 'कू' भएपछि उनले सिनेटरको पद गुमाउनुपर्‍यो । त्यसपछि उनले टेलिभिजन कार्यक्रम चलाउन थालेका हुन् । पछि उनले पिपुल्स पावर पार्टीको स्थापना गरे । त्यस पार्टीले डिसेम्बर २००७ मा भएको निर्वाचनमा विजय हासिल गर्‍यो । उनी आफ्नो टिभी कार्यक्रममा कोकाकोलामा सुंगुरको खुट्टा डुबाएर कसरी स्वादिष्ट व्यञ्जन बनाउन सकिन्छ भन्ने देखाउँछन् । यसबाहेक रेस्टुराँ र स्थानीय बजारमा गएर कसरी गुणस्तरयुक्त उत्पादन छनोट गर्ने भन्ने सल्लाह टिभी दर्शकलाई दिने गर्छन् । टिभी कार्यक्रम सञ्चालन गरेर आफूले निवार्चन कानुनको उल्लंघन गरेको भन्ने विपक्ष्ीहरूको आरोपका सम्बन्धमा उनले भनेका छन्, 'मैले यसबारे कानुन विशेषज्ञहरूसँग सल्लाह लिँदा उनीहरूले म कम्पनीको जागिरदार नभएको बताएका छन् ।
विपक्ष्ीको यो समूह मलाई प्रधानमन्त्रीबाटै हटाउने प्रयास गरिरहेको छ । त्यसैले टिभी प्रोग्राममा आफ्नो उपस्थितिलाई केही समयका लागि स्थगित गर्नेछु र निर्वाचन आयोगलाई स्पष्टीकरण-पत्र पठाउनेछु ।' नयां पत्रिका

No comments: