Sunday, May 11, 2008

एनआरएनमा भाँडभैलो मच्चाउने को?

सुरेश परिवर्तन
धाक-धम्की, गुन्डा परिचालन, धाँधलीको नाँगोरुपको प्रदर्शन पश्चात जापानका फ्राड, मन्डले तथा माफिया तत्वहरु अहिले आफ्ना शुभचिन्तक, व्यापारिक साझेदार, अरौटे-भरौटे लगायत सबैलाई अर्हाउँदै छन र भन्दै छन हामी चुप लाग्नु पर्यो। लोकतान्तृक पार्टीको वरिष्ठ हुँ भन्ने तर अवैध धन्दाबाट अर्थोपार्जन गर्ने लोभ छोडन नसकेकाहरु सीधै कुरा गर्ने हिम्मत गर्दैनन तर अन्यलाई भन्छन," सुरेशजीलाई सम्झाउनु पर्यो।" उहाँहरुका विचारमा हाम्रा अभिव्यक्तिहरुले एनआरएन आन्दोलनलाई भाँडभैलोमा परिणत गर्न लागेको छ किनभने हामीले लोकतान्तृक पद्धति स्विकारेनौँ रे। पटक-पटक मैले भनेको छु-ढ्वाँगमा मत हाल्नु र त्यो गन्नु मात्र लोकतान्तृक पद्धती होईन। निष्पक्ष निर्वाचन आयोग, धाक-धम्की र गुन्डागर्दीको अनुपस्थिती, मादक पदार्थ-भोज भतेर निषेध, धनको दुरुपयोग र तुजुकको अन्त्य नभएको कुनै पनि चुनाव लोकतान्तृक पद्धतीमा पर्दैन।

एनआरएन जापानको चुनावलाई हेर्ने हो भने यहाँ निर्वाचन आयोग पूर्ण रुपमा पुर्वाग्रही छ र कसैलाई गुन्डा परिचालनको ईशारा गर्दैछन। लगतै तयार भएको समयम्यादपछिको मतदाता नामावलीले भन्छ कोही यहाँ छन जो तुरुन्तातुरुन्त लाखौँ-लाख जापानिज येन निकाल्न सक्छन र सदस्यता शुल्क तिर्न सक्छन। बसका बस टन्न रक्सी-बियर ख्वाउँदै ओसारिएका मतदातातहरुका कथाले देखाउँछ-एक भोट लिनका लागी हजारौँ खर्च गर्नेहरु यहाँ छन। यहाँ निर्वाचन आयोग पूर्ण रुपले भक्त बहादुर कोइरालाको शाही आयोगका रुपमा रहेका छन। यहाँ धाक-धम्की दिनेहरु शाही सत्ताका बेलामा परिचालित कमल थापाका गुन्डाहरु भन्दा फरक छैनन। यहाँ मादक-पदार्थ-भोज-भतेर गर्नेहरु कुनै नातावादी लोकतान्तृक नेताकी सुपुत्री भन्दा फरक छैन र यहाँ धनको दुरुपयोग गर्ने र तुजुक देखाउनेहरु माफिया-फ्राड-मानवतस्कर र सीताराम प्रसाईजस्ता बैँकठगहरु भन्दा फरक छैन। तर, सत्ताका दलाल र दूतावासलाई प्रभावित गर्न सक्छुभन्दै ध्वाँस देखाउनेहरु भने भन्दैछन,"यी ब्लगरेहरुले भाँडभैलो मच्चाउने लागेका छन।"

चुनावी प्रक्रियामा हामी सहभागी नभएका होईनौँ। निर्वाचन कार्यलय सम्म पुगेर वस्तुस्थिती मैले बुझेको थिएँ। लोकतान्तृक व्यक्तित्वहरु महेश श्रेष्ठजी, बेलु थापाजी लगायत जिज्ञान कुमार थापाजीसँग लगातार सम्पर्कमा थिएँ। स्पष्ट रुपमा महशुस गरेको थिएँ अब यहाँ केही न केही हुनेछ, किनभने नैतिक पतन भईसकेका फ्राड मन्डले फेरी जम्जमाएर बसेका छन। मलाई थाहा थियो-यहाँ भाँडभैलो अब मच्चाईन लागेको छ र लोकतन्त्रको नाममा जबर्जस्त धाँधली गर्दै कुनै व्यक्तिविशेषलाई एनआरएन जापानको सर्वाधिक मत प्राप्त नेता बनाईन लागेको छ। नभन्दै निर्वाचन आयोगमा रहेका मन्डलेका अाडमा चुनाव प्रकृयाको हरेक क्षणमा भाँडभैलो मच्चाइएको छ। जिज्ञान कुमार थापा जस्ता वास्तविक रुपमा ईमान्दारीता पूर्वक छोटो समयमा प्रगती गर्दै जापानिज जनता-सँस्था-सरकारको विश्वास जितेर सल्लाहकार बन्नेहरु माथि गुन्डा-मन्डले-असामाजिक तत्वहरुको परिचालन गरिएको छ। "नेपालीका लागी नेपाली" नारालाई सार्थक बनाउन एनआरएन-जापानमा राष्ट्रिय सँयोजकका रुपमा आफ्नो अमूल्य समय दिएर सँस्थालाई जीवन्त पार्ने निर्भिक पत्रकार बेलु थापा माथि असभ्य पशूतुल्य नरपिडक जत्थाबाट आक्रमण गर्ने प्रयास गरिएको छ। नागोयादेखि रातभर कष्ट सहेर एनआरएनको अधिवेशनमा सहभागी हुन आएका मित्रहरुलाई जथाभावी गाली गर्दै मान-मर्दन गरिने प्रयास गरिएको छ। हामी सबै नेपालीका साझा अभिभावक डा. गणेश योन्जन जस्ता लोकतान्तृक व्यक्तित्वसमेत चिन्तीत बन्न बाध्य हुने गरी सबैका अगाडी टाउको फोडने धम्कीका साथ चुनावकै दिन मन्डले रुपको प्रदर्शन गरिएको छ। 

हामीले केही अभिव्यक्ति दिँदा भाँडभैलोको सँकेत पाउनु हुने सत्ताका दलाल, धनपति मित्रहरुले स्पष्ट रुपमा भन्नु पर्छ, भाँडभैलो यहाँ कसले मच्चाएको छ? नेपालीको विश्वास र सँस्कृति मात्र होईन एनआरएनकै पवित्र उद्देश्य माथि दिन-दहाडै बलात्कार गर्ने नरपिचास-मन्डले-माफिया-मानव तस्करहरुले कि हामीले? अन्यका त के कुरा, अन्तर्राष्ट्रिय समितिमा पुगेका र कुनै वेला अध्यक्ष हुन्छु भन्नेहरुसम्म यहाँ भाँडभैलो मच्चाउँदै छन। पहिलो कार्यसमितिकै सदस्यहरुले भनेका छन एसिया प्यासीफिककाहरु मर्यादा र विधीमा भाँडभैलो मच्चाउँदै शपथ ग्रहण गराउँदै छन। जापानभित्रका मानव तस्कर-फ्राड-मन्डले-माफियाका गतिविधिहरु र अन्तर्राष्ट्रिय समतििकाहरु सबै कुनै न कुनै रुपमा दोस्रो अधिवेशनलाई "भाँडभैलो अधिवेशन"मा परिणत गर्न लागेका छन, तर आरोप भने हामीलाई छ किनभने हामीले केही शब्द मार्फत आफ्ना भनाई राख्यौँ।

No comments: