Wednesday, May 7, 2008

डा. गणेश योन्जनका चुनौती

सुरेश परिवर्तन


एनआरएन दोस्रो अधिवेशनमा जे-जस्ता घटनाहरु भए त्यसले मलाई नेसाजको चुनावको सम्झना दिलाएको छ। मन्डलेहरले जबर्जस्ती र अलोकतान्तृक तवरले नेसाजमा हराँउदा लोकतान्तृक मित्र डा. सुदिप अधिकारीले आफ्नो ठाँउबाट विरोध जनाउनु भएको थियो होला। त्यसमा मलाई भन्नु केही छैन। तर, मेरा लोकतान्तृक प्रतिबद्धताका कारण सहधर्मी (सुनिए अनुसार) डा. सुदिपले जितेको बखतमा पनि बामपन्थी मित्र वेलु थापाले पुन: त्यही तरिका र प्रकृयाले हार्न पुग्दा अहिले मलाई डा. गणेश योन्जनको सम्झना आएको छ। किनभने हिजो डा. सुदिपहरुले हारेका बखतमा पनि नेपाल सरकारका तत्कालीन दूतलाई तथाकथित निर्वाचित नेसाज समितिलाई मान्यता नदिलाउन म आफैले सँवादका लागी पहल गरेको थिएँ। र आज पनि म नेपाल सरकारकै दूतलाई पुन: न्यायका लागि गुहार्दे छू।

के भएको थियो नेसाजको चुनावमा?

नेसाजको चुनावमा अत्यन्त षडयन्त्रकारी तवरले डा. सुदिप लगायतका मित्रहरुलाई जापानका मन्डलेहरुले हराउन पुगेका थिए। लिखित रुपमा खुला छलफल गर्दा गर्दै पनि चुनाव समितिका केही सदस्यका आडमा मन्डलेहरुले ठ्याक्क अहिलेको एनआरएनको चुनावकै शैलीमा लोकतान्तृक मित्र डा. सुदिप लगायत अध्यक्ष पदका प्रत्यासी तथा नेकपा एमालेका धुरन्धर नेता अच्युत सापकोटालाई बेईज्जती पूर्वक गाली गर्दै हराउने जमर्को गरेका थिए। हाम्रा अग्रज तथा प्रखर लोकतान्तृक व्यक्तित्व डा. नेत्र प्रकाश भन्डारीको हौसलाका कारण हामीले मन्डले चुनाव परिणामलाई चुनौती दिएका थियौँ । भनिरहनु नपर्ला, मन्डलेतन्त्रको पूर्ण सफाया भने हामिले क्युस्यु विश्वविध्यालयका प्राध्यापक तथा मेरा अभिन्न मित्र डा. रमेश पोखरेलको सल्लाह र सुझाव अनुरुप गरेका थियौँ।

जापानका विद्वत वर्ग र नरेश स्थापित जस्ता अग्रजहरुका सल्लाह बोकेका हामी एकातिर लोकतान्तृक मित्र अच्युत सापकोटा तथा डा. सुदिपको तथाकथित हारलाई जीतमा परिणत गर्न लागेका थियौँ भने अर्कातर्फ साम्प्रदायीक नेवार मन्डलेहरु भने मन्डले राजदूत डा. रमेशानन्द वैध्यलाई उक्साँउदै फ्राड मन्डलेले जे गर्यो, त्यो ठिक हो भन्ने पार्नमा लागेका थिए। मेरो पासपोर्ट नविकरण गर्ने सिलसिलामा डा. रमेशानन्द बैध्यसँग मैले चर्को रुपमै भनेको थिएँ नेपाल सरकारका दूतले कसैलाई लाखा-पाखा गर्न मिल्दैन। जबसम्म नेसाजले आफ्नो तर्फबाट कुराको छानबिन गर्दैन, त्यसबेला सम्म नेपाली दूतावास चुप लाग्नु पर्छ।

डा. योन्जनले के गर्ने?

एनआरएनको चुनावी परिणाम सँकटग्रस्त छ। मन्डलेहरुले व्यापक रुपका गुन्डा परिचालन गरेका छन। धाक-धम्की प्रत्यक्ष रुपमा दिन सक्नेहरुले हामीलाई सताउन अन्य के विधी अपनाए होलान भनेर मैल भनिरहनु पर्दैन। एनआरएनको चुनावमा सँलग्न लोकतान्तृक उम्मेदवारहरु देखि लिएर विद्वान मित्र सुर्य पाठक सम्मले यस कुरालाई प्रत्यक्ष रुपमा भोगेका छन। एनआरएनको अधिवेशनमा अतिथिका रुपमा रहेका हाम्रा लोकतान्तृक अग्रज डा. गणेश योन्जनज्यू आफैले पनि केही कुरा देख्नु भएको र महशुस गर्नु भएको मेरो अनुमान छ। यस्तो अवस्थामा डा. योन्जन र नेपाली नियोगले वर्तमान चुनावी परिणामलाई चुनावमा सहभागी उम्मदेवारहरुले हार-जीत नस्विकारे सम्म कुनै हालतमा पनि स्विकार्नु हुन्न। गुन्डागर्दी गर्ने, मन्डले परिचालन गर्ने र लोकतान्तृक पार्टीहरुमा पसेका कुडा-कर्कटलाई परिचालन गर्दै टाउको फोडने धम्कीदिनेहरुका कुरा यदि डा. योन्जनले सुन्ने हो भने त्यो लोकतान्तृक परिपाटिको उपहास नै हुनेछ। तसर्थ, डा. योन्जन लगायत नेपाली नियोगका प्रमूख पदाधिकारीहरुले चुनावमा सहभागी उम्मेदवारहरुका विना कुनै दवावका हार स्विकारोक्ति आएको खन्डमा मात्र वर्तमान एनआरएन चुनावको नतिजालाई मान्नु पर्दछ।

No comments: