Friday, May 9, 2008

जापानवासी एनआरएनको निर्वाचन नेपाली तालमा

अनुवादक: सुरेश परिवर्तन
स्रोत:जपानवासी एनआरएनते जुल निर्वाचन नेपाली ताःलँ

एनआरएन जापान स्थापनाको चौथो वार्षिक समारोह तथा दोस्रो राष्ट्रिय अधिवेशन मेँ ४ तारीखका दिन मुख्य अतिथि महामहिम नेपाली राज्यदूत डा. गणेश योन्जन तामाङबाट उदघाटन गरेर प्रारम्भ भयो। समारोहमा अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष देवमान हिराचन तथा क्षेत्रिय सँयोजक गणेश इजामद्वारा एनआरएन अभियानका बारेमा मन्तव्य दिनु भयो। टोक्योस्थित मेगुरो सिटी हलमा सँचालित यस कार्यक्रमको सभापतित्व अध्यक्ष राजन प्रधानाँग तथा सँचालन राष्ट्रिय सँयोजक बेलु थापाले गर्नु भएको थियो। अधिवेशन पश्चात नयाँ कार्यसमिति छनौटको निर्वाचन सम्पन्न भएको छ। 

बिहानको दश बजे निर्धारित अधिवेशन उदघाटन कार्यक्रम बल्ल १२ बजे सुरु भयो। त्यस बाहेक, ५०० देखि १००० जना जति सदस्यहरुले निर्वाचनमा भोट खसाल्ने अनुमान विपरित टोक्यो शहरबाहरिबाट बसका बस आएका मतदाताहरुका कारण पनि, १ बजे शुरु हुने पर्ने मतदान कार्यक्रम बल्ल ३ बजे शुरु हुन पुग्यो। साँझ ७ बजेसम्ममा समाप्त हुनु पर्ने मतदान, उक्त समय पश्चात आईपुग्ने मतदाताहरुका लागी पर्खदै पछि मात्र समाप्त भयो। निर्वाचन समितिका सदस्यहरु तथा स्वयम-सेवकहरुद्वारा राखिनु पर्ने मतका सम्पूर्ण काम पश्चात राती ८ बजेमात्र मतदान समाप्त भएका कारण मतगणनाको काम भोलीपल्ट मात्र गरिने जानकारी दिँदै सबै उम्मेदवारहरुलाई फर्कन सूचना दिईयो र "सबैजना" फर्किए। 

भोलीपल्ट मे ५ तारीखका दिन निर्वाचन आयोग तथा एनआरएनका तर्फबाट, जीत-हारको खबर पर्खिरहेका धेरै उम्मेदवारहरुलाई नेपालजापानडटकममा दिँउसो प्रकाशीत समाचारले जिल्ल बनाईदियो। उक्त समाचारका साथ मतदान समाप्तीका बेलामा भोलिपल्ट गरिने भनेको मतगणना त्यही दिन राती कसैलाई थाहा नभएको स्थानमा लगेर विजयीहरुका नाम निकालेर राखिएको थियो। 

एनआरएन जापानको यस चूनावी प्रतिस्पर्धामा मत गणनाको काममा अध्यक्षका प्रत्यासीहरु दुई जवान तथा निवर्तमान अध्यक्ष तथा निर्वाचन आयोगका तीनजना प्रतिनिधिले गरिने भनेता पनि, मतगणना स्थलमा अध्यक्षका दुई उम्मेदवारहुर, उपाध्यक्ष तथा कार्यसमितिका सदस्य उम्मेदवारहरुले (अतिविशेष आमन्त्रित) टिका लगाएर अन्डाको सगुन लिएर बसे। फेरी हिजोको समाचार अनुसार नयाँ कार्यसमितिको शपथ ग्रहणकार्य एसिया प्रसान्त क्षेत्र सँयोजक गणेश इजमले गराएका छन। पूर्व कार्यसमितिका सदस्यहरुबाट एक-दूईजना बाहेक अरु सबै हारेता पनि, नयाँ कार्यसमितिको शपथ ग्रहण, कार्यभार हस्तान्तरणमा पहिलो कार्यसमितिका सम्पूर्ण सदस्यहरु निम्त्याउनु पर्नेमा, उहाँहरुले विशेष आमन्त्रित सदस्यहरुलाई मात्र बोलाएको रहेछ। सुनिए अनुसार, टोक्यो बाहिरबाट ओसारिएका मतदाताहरुमा ६०० मतदाताहरुले सदस्यता शुल्कनै नतिरेको र, कसैका लागी अचानक एवम कसैका लागी प्रीप्लान्ड हसिावले गरिएको यो निर्वाचन, समय र सिस्टमको ख्याल राख्ने जापानमा, "एकदम राम्रो" नेपाली तालले सम्पन्न भयो।

No comments: